कीवर्डहरू -

स्वरोजगार बन्न चाहनेहरुका लागि अलाइन्सको रिपेरिङ तालिम

स्वरोजगार बन्न चाहनेहरुका लागि अलाइन्सको रिपेरिङ तालिम

अलाइन्स ल्यापटप रिपेरिङ एण्ड ट्रेनिङ सेन्टरले शत प्रतिशत रोजगारि ग्यारेन्टी सहित कम्प्युटर,ल्यापटप तथा मोबाइल ट्रेनिंङ संचालन गरेको छ ।

सिटिईभिटिबाट मान्यताप्राप्त सेन्टरले दक्ष प्राबिधिकबाट युवाहरुलाई  केन्द्रित तालिम संचालन गरेको हो ।उक्त तालिम पछि बिद्यार्थीहरुले विदेशमा गएर समेत काम गर्न सक्ने बताएको छ ।

युवायुवतीलाई आत्मनिर्भर बन्न सिकाउन र विदेश जाने युवाहरुलाई पनि लक्षित गरेर बिशेष कोर्स संचालन गरेको कम्पनिका संचालकले बताए ।

यो चिप लेबलको तालिम बेरोजगार युवाहरुलाई वरदान साबित भएको ट्रेनिंङ सेन्टरको दाबी छ । तालिम पछि मोबाइल,कम्प्युटर तथा ल्यापटपमा आउने जुनसुकै समस्या मेसिनबाट २० मिनटमै पत्ता लगाउन सकिने छ ।

सेन्टरका अनुसार यस्तो लेबलको तालिम दिने यो नै पहिलो कम्पनि हो । यसअघि तालिम लिएका सबै बिद्यार्थीहरुले रोजगारी पाएको कम्पनिले दाबि गरेको छ ।

कम्पनिले ल्यापटप,कम्प्युटर,मोबाइल तथा प्रोजेक्टर लगायतका सामग्रीको चिप लेबल ट्रेनिङमा रोजगारी सहित एक बर्षको प्याकेज संचालन गरेको छ ।

कम्पनिले  आफै स्वरोजगार बन्न चाहने युवायुवतिहरुलाई रोजगारीको ग्यारेन्टी दिंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ ।(नयाँ पत्रिका)