कीवर्डहरू -

राष्ट्रिय सभा गृहमा आयोजना भएको करियर फेस्ट सकियो, २ हजार विद्यार्थीलाई परामर्श

राष्ट्रिय सभा गृहमा आयोजना भएको करियर फेस्ट सकियो, २ हजार विद्यार्थीलाई परामर्श

विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै आयोजना गरेको 'करियर फेस्ट' दोश्रो संस्करण सम्पन्न भएको छ।

फागुन १० गते राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइएको कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए।

कार्यक्रममा सनवे, टेक्सस, प्रेसिडेन्टल, आइआइएमएस लागयतका कलेजले आइटी पढ्न चाहने विद्यार्थीलाई परामर्श दिएका थिए। २ हजार विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा बीस भन्दा बढी कलेजहरुको बारेमा विद्यार्थीहरुले एकै ठाउँबाट जानकारी प्राप्त गरेका छन्।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, रास्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, कुलमान घिसिङ, व्यांकर मनोज ज्ञावालि र सृस्ठि केसीले विद्यार्थिहरुलाई मार्गनिर्देश गर्नुका साथै अनुभव साटासाट आदनप्रदान गरेको आयोजक सँस्थाका एकेडेमीक डाइरेक्टर शिव दनाईले बताए।

कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दिप क्षेत्रि गायक अल्मोडा राना उप्रेति र कृसल कडेल लगायतको प्रस्तुतिका समेत रहेको थियो।