कीवर्डहरू -

२९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

२९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौं । मुलुकभरका २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी) प्रयोगशाला स्थापना भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७ देखि हालसम्म चार हजार ६०८ विद्यालयमा आईसिटी ल्याब निर्माण गरिएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२/८३ अनुसार विद्यालयको भौतिक पूर्वाधार विकास तथा सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिवेदनअनुसार वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् पहुँच पुगेको छ । त्यसैगरी, मुलुकका ८५ दशमलव ४ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध रहेको उल्लेख छ ।

पछिल्लो वर्षको तथ्यांकअनुसार नेपालभर कुल ३५ हजार ९५१ विद्यालय सञ्चालनमा छन् । तीमध्ये धार्मिक प्रकृतिका विद्यालय समेत गरी २७ हजार १० विद्यालय सामुदायिक विद्यालयका रूपमा रहेका छन् ।

विद्यालयमा आईसिटी ल्याब, विद्युत् र इन्टरनेट सुविधाको विस्तारले शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।