कीवर्डहरू -

पासवर्ड अरू कसैलाई पनि नदिन प्राधिकरणको आग्रह, यस्ता छन् प्राधिकरणले दिएका सुझाब

पासवर्ड अरू कसैलाई पनि नदिन प्राधिकरणको आग्रह, यस्ता छन् प्राधिकरणले दिएका सुझाब

नेपाल दूरसञ्चार प्राधिकरणले कम्तिमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको छ । सोमबार साइबर सुरक्षाका लागि सूचना जारी गर्दै प्राधिकरणले पासवर्ड सुरक्षित राख्न ११ सुझाब दिएको हो ।

प्राधिकरणले पासवर्डसँग सम्बन्धित जारी गरिएको सूचनामा पासवर्ड बनाउँदा अंग्रजी अक्षरका ठुला र साना अक्षर, नम्बर, @# जस्ता विशेष अक्षर समावेश गर्न आग्रह गरिएको छ ।

त्यस्तै युजरनेम र पासवर्ड एउटै नराख्न, शब्दकोषमा प्रयोग भएका शब्द नराख्न, सजिलै अनुमान गर्न सकिने आफन्तको नाम, फोन नम्बर, ठेगाना र जन्म मिति नराख्न पनि प्राधिकरणले सुझाएको छ ।

त्यसैगरी एउटै पासवर्डलाई धेरै अकाउन्टमा प्रयोग नगर्न, पासवर्डलाई कम्तिमा ३-३ महिनामा परिवर्तन गर्न, पहिले प्रयोग भएको पासवर्डलाई पुनः प्रयोग नगर्न र कुनै पनि सिस्टममा भएको डिफल्ट पासवर्डलाई तुरून्तै परिवर्तन गर्न अनुरोध गरिएको छ ।

पासवर्ड अरू कसैलाई नदिइ गोप्य राख्न र मल्टिफ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्न समेत प्राधिकरणले सुझाब दिएको छ ।

\"\"