कीवर्डहरू -

द ब्रिटिस कलेजमा व्यवसायी राजेद्र खेतानको एकेडेमिक गेष्ट लेक्चर

द ब्रिटिस कलेजमा व्यवसायी राजेद्र खेतानको एकेडेमिक गेष्ट लेक्चर

राजधानीको थापाथलीस्थित ‘द ब्रिटिसकलेज’ले नेपालको व्यवसायीक घराना खेतान ग्रुपका चर्चित व्यवसायी राजेन्द्र खेतान ल्याएर विशेष गेष्ट लेक्चर सम्पन्न गरेको छ ।


कलेजका कम्युनिकेशन मेनेजर सुप्रिया तुलाधरका अनुसार आइतबार (अप्रिल २२)मा सम्पन्न उक्त लेक्चर सेसनमा व्यवसायी खेतानले नेपालमा निजी क्षेत्रको स्थिति, नेपाली शेयर बजार तथा देशको अर्थतन्त्रको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । 

लेक्चरमा खेतानले विश्वबजारमा नेपालको उपस्थिती कस्तो छ भनेर आफ्नो ज्ञान तथा अनुभव बाँड्नु भएको थियो । साथै उहाँले नेपालले विश्व व्यापार संगठनसँग गरेको आयात तथा निर्यातमा लाग्ने करबारेको सम्झौता बारे पनि प्रश्ट पार्नुभएको थियो । यसबारेमा बोल्दै  खेतानले उक्त सम्झौताले वैदेशिक लगानी वृद्धि भई नेपालको आर्थिक क्षेत्रमा सुधार भएको कुरा उल्लेख गर्नुभयो ।

खेतानले आफूहरुको पूर्खालाई तत्कालिन गोर्खा सरकारले व्यापारको लागि नेपाल ल्याएको र व्यापारको लागि सम्बन्धन समेत दिइ पछि नेपालकै नागरिकको दर्जा दिएको कुरा बताउनुभयो । 

द ब्रिटिस कलेजको निमन्त्रणलाई स्विकार गरी आउनु भएकोमा हामी व्यवसायी खेतानलाई धन्यवाद दिन चाहान्छौं । कलेजले आगमी दिनमा पनि गेष्ट लेक्चरहरु लाई विद्यार्थीमाझमा ल्याउँदै जानेछ ।