कीवर्डहरू -

फोरजी प्रयोग गर्नेको संख्या २ करोड बढी, एक वर्षमा बढे १५ लाख प्रयोगकर्ता

फोरजी प्रयोग गर्नेको संख्या २ करोड बढी, एक वर्षमा बढे १५ लाख प्रयोगकर्ता

नेपालमा फोरजी प्रयोगकर्ता २ करोड १ लाख ३२ हजार ९६१ पुगेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार २०८० असारसम्म फोरजी प्रयोगकर्ताको संख्या २ करोड १ लाख ३२ हजार ९६१ पुगेको हो ।  

२ करोडमध्ये सबैभन्दा बढी फोरजी प्रयोगकर्ता नेपाल टेलिकमका छन् । टेलिकमका १ करोड ३० लाख १५ हजार ३९५ रहेका छन् । 

यस्तै यस निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका फोरजी प्रयोगकर्ता ७१ लाख १७ हजार ५६६ रहेका छन् । 

२०७९ सालको असारमा १ करोड ८५ लाख ५९ हजार ५२२ रहेका थिए । एक वर्षको अवधिमा १५ लाख ७३ हजार ४३९ फोरजी प्रयोगकर्ता बढेका छन् ।