कीवर्डहरू -

प्रयोग गर्नैपर्ने पाँच निःशुल्क एआई टूल

प्रयोग गर्नैपर्ने पाँच निःशुल्क एआई टूल

पछिल्लो समय एआईको विकाससँगै यसको प्रयोग पनि बढ्दै गएको छ ।  पहिले घण्टौं लाग्ने काम अहिले एआईको सहायताले केही मिनेटमै पुरा हुन थालेको छ ।

एआईले गर्दा एकतातिर समयको पनि बचत भएको छ भने अर्कोतिर त्रास समेत सिर्जना गरेको छ । बजारमा कठिन कामलाई पनि सित्तैमा र छोटो समयमा गर्न सघाउने एआई टुलहरू आइरहेका छन् । 

आज हामी तपाईको काममा सघाउने शीर्ष ५ उत्कृष्ट एआई टूल्को बारेमा जानकारी दिदैछौं । 

सिंथेसिया

यदि तपाई छोटो समयमा एआई जेनेरेटेड भिडियोहरू बनाउन चाहनुहुन्छ भने सिन्थेसिया एउटा उत्तम विकल्प हुनेछ । यसमा तपाईले आफै स्क्रिप्ट लेखेर इन्टर गर्नु पर्छ । त्यसपछि यो टुलले स्क्रिप्टको आधारमा भिडियो बनाउने छ ।

साउण्ड्र

यो उपकरण विशेष गरी संगीत सुन्न वा गाउन मन पराउने व्यक्तिहरूको लागि हो । साउन्ड्रबाट संगीत जेनेरेट गर्न प्रयोग गरिन्छ । यसमा तपाईले हिपप, ल्याटिन, बीट्स लगायत जेनेरेट गर्न सकिन्छ । त्यसमाथि साउन्ड्रा निःशुल्क उपलब्ध छ । 

स्लाइड एआई

प्रेजेन्टेसन बनाउनु गाह्रो काम हो । तर स्लाइड एआईले तपाईंलाई यस झन्झटबाट मुक्त गर्न सक्छ । यसमार्फत तपाईले कुनै पनि प्रकारको प्रेजेन्टेसन निःशुल्क बनाउन सक्नुहुन्छ ।

च्याटजीपीटी

पछिल्लो समय एआई बारे जतिपनि बहस भइरहेका छन्, टुलहरूको विकास भएका छन्, त्यसको श्रेय च्याटजीपीटीलाई जान्छ ।  च्याटजीपीटीले एआईको क्षेत्रमा नयाँ आयाम नै थप्यो भन्दा फरक पर्दैन् ।

यसबाट तपाईले सानो प्रम्प्टको आधारमा मात्र प्रश्नहरूको जवाफ पाउन सक्नुहुन्छ । यो टूल केही सीमित सुविधाहरूको साथ निःशुल्क प्रयोगको लागि उपलब्ध छ । यसको एउटा मोबाइल एप समेत रहेको छ । 

गुगल जेमिनाई

गूगलको जेमिनाई टुल पनि च्याटजीपीटी जस्तै हो । यो टूलले प्रम्प्टबाटै सबैभन्दा कठिन प्रश्नहरूको जवाफ दिन्छ । यो टुल पनि सिमित प्रयोगका लागि निःशुल्क उपलब्ध छ ।