कीवर्डहरू -

१२५० रूपैयाँमा क्लासिक टेकको ५० एमबीपीएस इन्टरनेट र २ आईपीटिभी

१२५० रूपैयाँमा क्लासिक टेकको ५० एमबीपीएस इन्टरनेट र २ आईपीटिभी

नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले तूफान अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञामा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो।

घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी तूफान अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।

उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएस देखि १०० एमबीपीएस सम्मको हाइ स्पिड ईन्टरनेट र फ्री आईपीटिभी पनि पाउनेछन् ।

उक्त तूफान अफरमा ५० एमबीपीएस अन्तर्गत प्रती महिना रु.१,२५० को दरमा १ बर्षको लागि रु.१५,००० रुपैयाँ (भ्याट बाहेक) जसमा २ आईपीटिभी नि:शुल्क हेर्न पाइनेछ । त्यस्तै ८० एमबीपीएस अन्तर्गत ३ आईपीटिभी सम्म प्रति महिना रु.१४०० का दरले तथा रु.१६ हजार ८ सय र १०० एमबीपीएस अन्तर्गत ३ आईपीटिभी सम्म प्रती महिना रु. १,८०० को दरले रु.२१,६०० मा जडान गर्न सकिने छ ।

क्लासिकटेकको इन्टरनेट सँग आईपीटिभीको ५० भन्दाबढी एचडी च्यानलहरु र १०० एसडी च्यानलहरु नि:शुल्क हेर्न सकिने कम्पनीले जनाएको छ । साथै सबै पुरानो तथा नयाँ टिभीमा पनि युट्युब हेर्न सकिने छ ।

यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्वजनिक गरेको छ।

जस अन्तर्गत पुरानो ग्राहकहरु ले कुनै पनि प्याकेज तूफान ५० एमबीपीएस, तूफान ८० एमबीपीएस र तूफान १०० एमबीपीएसमा रिचार्ज गर्न पाउनु हुनेछ। ३० प्रतिशत सम्म क्यास डिस्काउन्ट प्राप्त गरी रु. १०,४५८ बचाउन र २ महिना बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै अन्य प्याकेज अफरहरुका लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने बताएको छ।कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीका अनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि आईपीभी सिक्स मोडेलमा बविस्तार गराउन सफल क्लासिकटेक ईन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको सेवा दिदै आएको छ ।

ठुलो नेटवर्क रहेको क्लासिकटेकले १०३ वटा शाखा विस्तार गरि सेवा प्रबाह गरिरहेको उनले जानकारी दिए।