कीवर्डहरू -

इसेटले बजार र समयको मागअनुसारका प्रडक्ट ल्याउने गरेको छ -परविन्दर वालिया 

इसेटले बजार र समयको मागअनुसारका प्रडक्ट ल्याउने गरेको छ -परविन्दर वालिया 

परविन्दर वालिया
मार्केटिगं डाइरेक्टर (एसिया प्यासिफिक) इसेट

हालै ईसेटले नयाँ संस्करण नेपाली बजारमा पनि सार्वजनिक भएको छ । गत मार्च २१ मा इसेटका इन्हान्सड कन्जुमर प्रडक्ट सार्वजनिक भएको थियो । यसैक्रममा नेपाल भ्रमणमा आएका इसेटका एसिया प्यासिफिकअन्तर्गत मार्केटिगं डाइरेक्टर परविन्दर वाइलासँग हामीले छोटो कुराकानी गरेका थियौं ः

कुराकानीको सुरुवात गरौं ईसेट प्रडक्टको प्रसंगबाट । सेक्युरिटी सोलुसन्समा ई सेट कस्तो ब्रान्ड हो ?
ईसेट आइटी सेक्युरिटी कम्पनी हो जसले एन्टिभाइरस, फायरवेल जस्ता प्रडक्टहरुमा काम गरिरहेको छ । इसेटले विश्वभरका ब्यबसाय तथा उपभोक्ताहरुका लागि बिगत ३० बर्षदेखि आइटी सेक्युरिटी सफ्टवेयर तथा सर्भिस प्रदान गर्दै आइरहेको छ । मोबाइल सेक्युरिटी देखि इन्क्रीप्सन सहित टु फ्याक्टर अथेन्टिकेशनसम्म इसेटको उच्च प्रस्तुति रहेको छ ।

\"\"
इसेटका कस्ता प्रडक्टहरु बजारमा उपलब्ध छन् ?
इसेट १०० भाइरस बुलेटिन भीबि १०० अवार्ड प्राप्त गर्ने पहिलो आइटी सेक्युरिटी कम्पनि हो ।  हाम्रा तीन तहको प्रडक्ट पोर्टफोलियो रहेको छ, बेसिक एन्टिभाइरस, इन्टरनेट सेक्युरिटी र स्मार्ट सेक्युरिटी प्रिमियम । बेसिक अर्थात् इन्ट्री लेभलमा एन्टिभाइरस हाम्रो फ्ल्यागसिप प्रडक्ट हो । ईसेट लोकप्रिय हुनुमा इसेट नोड ४४ को ठूलो हात छ । दोस्रो लेभलको प्रडक्टको रुपमा हामीले इसेट इन्टरनेट सेक्यरिटी प्रडक्ट रहेको छ, जसमा हामीले स्मार्ट सेक्युरिटीलाई इन्टरनेट सेक्यरिटीले रिप्लेस गरेका छौं र स्मार्ट सेक्युरिटीलाई नेक्स्ट लेभलमा लैजान सफलता पाएका छौं । तेस्रो तहको प्रडक्ट भनेको इसेट स्मार्ट सेक्यरिटी प्रिमियर हो जसले बैंक, पसल, कर्पोरेट लगायतलाई सुरक्षित राख्दछ ।

अहिलेको  रेनसमवेयर, माल्वेयर अट्याक र साइबर थ्रेटहरुमा बृद्धी भैरहेको अवस्थामा प्रयोगकर्ताहरुले उच्च स्तरीय इन्टरनेट सेक्युरिटी सहित सुरक्षित कदम उठाउनु जरुरि छ ।

विश्वबजारमा अहिले साइबर सुरक्षामा निकै समस्या थपिरहेको छ, यस्तो अवस्थामा एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीले कसरी सुरक्षा दिन सक्ला ?
अहिलेको  रेनसमवेयर, माल्वेयर अट्याक र साइबर थ्रेटहरुमा बृद्धी भैरहेको अवस्थामा प्रयोगकर्ताहरुले उच्च स्तरीय इन्टरनेट सेक्युरिटी सहित सुरक्षित कदम उठाउनु जरुरि छ । इसेट बिगत तीन दशक यता प्रयोग भैरहेको आइटी सेक्युरिटी तथा प्रोटेक्सनको लागि फ्ल्यागशिप प्रडक्ट हो । यसमा भएको सेक्युरिटीको नयाँ तह विन्डोज स्टार्ट हुनु भन्दा पहिले एक्टिभ रहन्छ र युनीफाईड एक्सटेंसीबल फर्मवेयर इन्टरफेसमा रोपिएका अन्य नयाँ थ्रेटलाइ पनि यसले पहिचान गर्दछ । यसमा भएको रि इन्भेंटेड लाइसेन्स मेनेजरले प्रयोगकर्ताहरुलाई चिन्तामुक्त बनाउछ ।

अन्तराष्टिय बजारमा कहलिएका थुप्रै ब्रान्डहरु छन् । ईसेट नै किन ?
ई सेट नै किन भन्ने प्रश्नको रकेट साइन्स उत्तर त छैन । कम्प्युटर र डिभाइसहरुको सुरक्षा नै अहिले महत्वपुर्ण बनिरहेको सन्दर्भमा ई सेटले तपाईको बौद्धिक र डिजिटल सम्पत्तिको सुरक्षामा सहयोग गर्न सक्दछ । हामीले २ सयभन्दा बढी देश र ठाउँहरुमा ईसेटलाई विस्तार गरिसकेका छौं । हामीलाई धेरै व्यक्तिहरुदेखि विश्वविख्यात कम्पनीहरुले विश्वास गरेका छन् ।

\"\"

नेपालमा इसेटले क्लाउड लिकंमार्फत् बजार विस्तार गरिरहेको छ । नेपालमा कस्तो छ बजारको अवस्था ?
हामीसँग कुनै अफिसियल डाटा त छैन । भेन्डर्सको हिसाबमा हामी टप थ्रीमा रहेका छौं बिजनेश सेगमेन्टमा । कन्जमर कन्सर्नमा हामी टप ४ मा रहेका छौं । तर नेपाली बजारम व्यापक रुपमा प्रयोगकर्ता बढिरहेका छन् । गत वर्ष हाम्रो बजार  ५६ प्रतिशतले बढिरहेको छ ।


तर नेपालमा धेरै सेक्युरिटी प्रडक्टहरुले फिक्स मार्केट बनाएका छन्, ईसेट किन अग्रणी भएर आउन सकिरहेको छैन ?
यो टेक्निकल्ली साउन्ड प्रडक्ट हो । क्लाउड लिंकमार्फत् हामीले देशैभर राम्रा च्यानल पार्टनर बनाउन सकेका छौं । सप्लाई चेन्ज एकदमै राम्रो छ । अबको दई वर्षमा तपाईले पक्कै केही फरक पाउनहनेछ ।

नेपाली बजारमा अझै सफलताका साथ लैजान के कस्ता योजनाहरु ल्याउदै हनहनछ ?
बिजनेश गोल र स्ट्राटेजी हामीले बजारको आवश्यकता अनुसार बनाउदै लानेछौं । के कस्ता एक्सर्टनल फ्याक्टर रहेका छन् भन्ने कुराको हामी अध्ययन गरिरहेका छौं । आगामी दिनमा हामी इन्टरप्राइज मार्केट लक्षित गरी आउदैछौं ।