कीवर्डहरू -

पासवर्ड कसरी बलियो र सुरक्षित बनाउने ?

पासवर्ड कसरी बलियो र सुरक्षित बनाउने ?

आज विश्व पासवर्ड दिवस । कुनै पनि विद्युतीय खाताको लागि पासवर्ड कति महत्वपूर्ण छ भन्ने कुरा तपाइलाई थाहा नै छ ।

नयाँ नयाँ प्रविधि थपिदै जाँदा, डिजिटल कारोबार बढ्दै जाँदा हरेक ठाउँमा पासवर्ड राख्नु पर्ने भएको छ ।

हरेक ठाउँमा पासवर्ड राख्नु पर्दा विर्सने अथवा सबै ठाउँमा एउटै पास वर्ड राख्ने धेरैको बानी छ ।

पासवर्डले तपाईको सम्पत्ति, कागजपत्र सुरक्षित राख्छ । यो सन्दुकमा राखिएको पैसा सुरक्षित बनाउन लगाइने भोटे ताल्चा जस्तै हो ।

त्यसैले तपाईले जति बलियो ताल्चा अर्थात पासवर्ड बनाउनु हुन्छ तपाइको अकाउन्ट त्यत्तिकै सुरक्षित हुन्छ ।

पासवर्डको बारेमा जानकारी राख्नुहुन्छ भने तपाईहरुलाई थाह होला कि पासवर्ड एकदमै सुरक्षित हुनुपर्छ र आफूले बाहेक अरु कसैलाई पनि थाह दिनु हुदैन । मानिसहरुमा सधैँ यहि चिन्ता रहन्छ कि राम्रो तथा सुरक्षित पासवर्डको छनोट कसरि गर्ने ?

जसले गर्दा पासवर्ड ह्याकहरुले पासवर्ड क्र्याक गर्न नसकोस् । सजिलो तथा असुरक्षित पासवर्ड छ भने जहिले चोरी हुने डर रहन्छ ।

पासवर्ड ह्याकररहरुसँग यस्ता धेरै टुल्स हुन्छन, यसकारण उनीहरुले सजिलै पासवर्ड क्र्याक गर्न सक्छन ।

पासवर्ड ह्याकररहरुसँग यस्ता धेरै टुल्स हुन्छन, यसकारण उनीहरुले सजिलै पासवर्ड क्र्याक गर्न सक्छन ।

यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ ।

हुन त ह्याकरहरुले पनि अनेकथरि उपाय निकाल्लान तर केहि गाह्रो र सुरक्षित भयो भने उनिहरुलाई पनि ह्याक गर्न केहि समय भने अवश्य लाग्छ ।

यसकारण पासवर्ड धेरै सुरक्षित  बनाउन के गर्ने अथवा कसरी सुरक्षित बनाउन सकिन्छ भने बारेमा तल चर्चा गरिएको छ ।

पासवर्ड असुरक्षित हुने कारणहरु

आफ्नो पासवर्ड कहिले पनि आफू अथवा आफ्नो परिवारसँग सम्बन्धित राख्नु हुँदैन । पासवर्ड ह्याकरहरुले पासवर्ड ह्याक गर्दा सबैभन्दा पहिले यसैको सहारा लिन्छन् ।

जस्तै नाम, उपनाम, जन्मस्थान तथा परिवारका नामहरु राख्नु हुदैन ।

साझा शब्दहरु तथा छोटा शब्दहरु त्यति सुरक्षित हुदैनन र ह्याकरहरुले सजिलै पासवर्ड थाह पाउन सक्छन । यसकारण, ड्रागन, लब, गड तथा चिज जस्ता शब्दहरुको प्रयोग गर्नु हुदैन ।

पासवर्ड राख्दा शब्दहरुको भिन्न रुप दिएर पनि सुरक्षित बनाउन खोजिन्छ र त्यस्ता शब्दहरु शब्दकोषमा मेल खांदैनन तर पन यस्ता शब्दहरु राखेर बनाइएको पासवर्ड पनि सजिलै  ह्याक हुन्छन ।

यस्ता वर्डहरुको उदाहरण dr0wssap, l0ve, s3cr3t, dr@gont / o:tf यस्ता हुन् । तर यस्तो पासवर्डहरु माथिका भन्दा केहि सुरक्षित भने हुन्छन ।

आफ्नो पासवर्ड सुरक्षित गर्न धेरैले शब्दहरुलाई जोडेर पनि बनाउन खोज्छन । साथै यस्ता पासवर्डहरु माथिका भन्दा अलि सुरक्षित हुन्छन । यस्ता पासवर्डहरुको उदाहरण whatfor, divineright, bigpig, liove, farfetched, catspajamas आदि शब्दहरु हुन् ।

धेरै मानिसहरुले पहिला प्रयोग गरिसकेको पासवर्डहरु  पुनः प्रयोग गर्ने गर्दछन् तर यसो गर्दा पासवर्ड सुरक्षित हुँदैन । यसकारण एक पटक प्रयोग गरिसकेको पासवर्ड पुनः प्रयोग गर्नु हुँदैन ।

पासवर्ड सुरक्षित गर्ने तरिका

यदि तपाइलाई आफ्नो पासवर्ड सुरक्षित छैन जस्तो लाग्छ भने तुरुन्तै परिवर्तन गर्नुहोस् । आफूले मेलमा च्याट गरिरहेको बेला आएका लिंकहरुमा कहिले पनि  क्लिक नगर्नुहोस ।

आफ्नो पासवर्डलाई सजिलै भेट्टाउने ठाउँमा कहिले पनि लेखेर नराख्नुहोस् । लेखेर राख्ने बानी छ भने अरुले नभेट्टाउने ठाउँमा लक गरेर राख्ने गर्नु पर्छ ।

यदि कोहि ह्याकरले आफ्नो पासवर्ड क्र्याक गर्न कोशिस गरिरहेको छ तर सकिरहेको छैन, अथवा तपाइलाई पासवर्ड सुरक्षित छैन भन्ने लाग्छ भने आफ्नो पासवर्ड कम्तिमा पनि ६ महिनामा परिवर्तन गर्नुहोस् ।

तपाइलाई पासवर्ड सुरक्षित छैन भन्ने लाग्छ भने आफ्नो पासवर्ड कम्तिमा पनि ६ महिनामा परिवर्तन गर्नुहोस् ।

यसरि पासवर्डलाई नियमित परिवर्तन गर्दा पासवर्ड सुरक्षित रहन्छ ।

पासवर्ड राख्दा सकेसम्म वर्ड, नम्बर र स्पेसल क्यारेक्टरहरु मिक्स गर्नुहोस तर धेरै साइटहरुले स्पेसल क्यारेक्टर सपोर्ट गर्दैन यसकारण क्राइटेरिया राम्रोसँग चेक गरेर संभव भएसम्म स्पेशल क्यारेक्टर मिक्स गर्नुहोस ।

पासवर्डमा स्मल र क्यापिटल लेटरहरु पनि मिक्स गर्न सकिन्छ । पासवर्ड लामो भयो भने ह्याकरहरुलाई अनुमान गर्न कठिन हुन्छ र पासवर्ड सुरक्षित रहन्छ ।
पासवर्डलाई सबैभन्दा सुरक्षित राख्नको लागि वाक्यको प्रयोग गर्नु पर्छ ।

यसरी वाक्यको बीचमा नम्बरहरु समेत राख्न सकिन्छ । जसले गर्दा पासवर्ड झनै सुरक्षित रहन्छ र ह्याकहरुलाई पासवर्ड ह्याक गर्नको लागि असम्भब नै हुन्छ ।