कीवर्डहरू -

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

गुरु शर्मा
प्रवन्ध निर्देशक, मोवाइल क्लब

तपाइ लामो समयदेखि मोवाइल व्यवसायमा सम्लग्न हुनुहुन्छ । नेपालमा मोवाइलको बजारको एनालाइसिस कसरी गर्नुहुन्छ ?
हिजोको तुलनामा आजको मोबाईल बजार धेरौ राम्रो छ. आरु व्यवसाय संग तुलना गरि मोबाईल बजारले धेरै फट्को मरेको छ र पहिला नेपालमा सीमित ब्रान्डहरु मात्र लोकप्रिय थिए भने आइले धेरै ब्रान्डहरु आएका छन ।

के अहिले मोवाइल मार्केटमा कस्ता कम्पनीहरुको हाबी छ ? पछिल्लो समय बजारमा स्थापित भएका मोवाइल ब्राण्ड र डाउन भएका कुन होलान ?
पहिलाको तुलनामा आइले चिनियाँ ब्रान्डका मोबाईलहरु धेरै मार्केटमा छन । पहिला सामसुङ मोबाईल ब्रान्डले नेपालको मोबाईल बजारलाई हावी गरेको थियो भने अहिले चिनियाँ ब्रान्डहरु जस्तै ओप्पो, हुवावे, एमआई, जिओनीहरु को धेरै डीमान्ड छ । यी फोनहरुको कस्टिंग थोरै हुनुका साथै राम्रो फिचर जस्तै धेरै र्याम, इन्टरनल स्टोरेज, सेल्फी एक्सपर्ट आदी भएकाले यी फोनहरु मार्केटमा धेरै बिक्रि हुदै छन ।


उपभोत्ताको रोजाइमा कस्ता मोवाइल पर्छन ? तपाइको बिक्र्री हेर्दा कुन रेन्जका कस्ता फिचरका मोवाइलको बिक्री बढि हुन्छ ?
आहिले उपभोत्ताले राम्रो सेल्फी क्यामेरा, र्याम र इन्टरनल स्टोरेज भएको मोबाइल रोज्दछन । अहिले र्याम मात्र ६ जीबी सम्मको आइसक्यो र उपभोत्ताले फोनमा खोज्ने मुख्य फिचरनै कति जीबी र्याम वा इन्टरनल स्टोरेज छ र क्यामेरा कति मेगापिक्सेलको छ । अझ उपभोत्ताले हेर्ने भनेको कुनै फोनमा अपडेट उपलब्ध छन् कि छैन । अहिले धेरै डिमान्डमा भएका फोनहरु मिडरेन्ज फोन नै हुन ।


मोवाइल क्लबमा कस्ता मोवाइल र अन्य सेवाहरु छन ? ताम्राकार हाउसका यो भिडमा कसरी आफ्नो पहिचान बनाइहनुभएको छ ?
मोवाइल क्लबमा नेपालमा भित्रिने अधिकांश मोबाईल ब्रान्डहरु छन । त्यसमध्ये पनि टप ब्रान्ड जस्तै ओप्पो, हुवावे, एमआई, जिओनी र अहिले निकै लोकप्रिय भएको वन प्लस ब्रान्डका फोनहरु मोवाइल क्लबमा उपलब्ध छन । हाम्रोमा मोवाइल एक्स्चेन्ज अफरको सुविधा पनि छ । प्रयोगकर्ताले २र३ महिना फोन प्रयोग गरेपछि मोवाइल क्लबमा सजिलै एक्स्चेन्ज गर्न सक्छन । हामीले यो अफर करिब ६र७ वर्ष देखि प्रदान गरिरहेका छौ र धेरै उपभोत्ता यही अफरको लागी आउने गर्दछन ।

हाम्रो पोलिसी भनेको उपभोत्ताका सन्तुष्टि हो । धेरै वर्षको अनुभवमा पनि हामीले ग्राहकलाई फ्रड गरेको भन्ने आएको छैन । ताम्राकार हाउस नेपालकै नुम्बर वान मोबाईल हाउस हो । ताम्राकार हाउस र आरु कम्प्लेक्सलाई हेर्ने दृष्टिकोण नै फरक छ । नेपालमा बिक्रि हुने अधिकांश हाई रेन्जका मावाइल बिक्रि हुने ताम्राकार हाउसमै हो ।


\"\"
मोवाइल एक्स्चेन्ज अफर पनि ल्याउनुभएको छ । उपभोत्ता सहज रुपमा कसरी मोवाइल साट्न सक्छन ? यसमा ग्राहक ठगिन्छन भन्ने पनि गुनासो छ नि ।
पहिला त आम उपभोत्तालै मेरो आग्रह के छ भने आफुले खरिद गरेको मोबाईलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस जसले एक्स्चेन्ज गर्दा राम्रो भ्यालु पाइन्छ । इंडियाबाट चोरी भएका फोनहरु नेपाल भित्रिने क्रम अधिक बढेको छ र अनलाइन देखि सामान्य पसलहरुमा यी फोनहरु खुल्ला रुपमा बिक्रि भैरहेका छन । अनलाइनमा नया जस्तै, बक्स नभएको, बिल नभएको र धेरै सस्तो मूल्यमा यी फोनहरु बिक्रि भएकोले मार्केटमा प्रतिस्पर्धा गर्न गारो भैरहेको छ । यस्ता फोनहरु एक्स्चेन्ज गर्न गाह्रो हुन्छ ।
गुनासोको कुरा गर्नु पर्दा मोवाइल क्लबमा अहिले सम्म त्यस्तो कुनै समस्या आएको छैन । मोवाइल क्लबमा आउनुहुने अधिकांश ग्राहक हाम्रो रेगुलर ग्राहक हुन । मोवाइल क्लबबाट खरिद गरेको फोन यहिनै एक्स्चेन्ज गर्ने ग्राहकहरु धेरै छन ।


नेपालको मोवाइल बजारमा टिकिरहनको लागि बिजनेश पर्सनले के कुरमा ध्यान दिनुपर्ला ?
बाहिरबाट हेर्दा मोबाईल व्यापारमा धेरै फाइदा देखिन्छ तर मोबाईल मार्केटमा धेरै कम्पीटिसन छ. आहिले यस व्यापारमा मात्र १र२ प्रतिशतमा काम गर्नु परेको छ । उसै गरि कम्पनीहरु को नि ठुलो कम्पीटिसन छ नेपालमा र ब्रान्डहरु पनि धेरै नै भित्रि राखेको छन । यस्तो मामलामा कुन ब्रान्ड वा कम्पनी टिक्छ कि टिक्दैन भनेर भन्न धेरै गारो छ । भविष्यमा के होला भनेर भन्न सकिदैन । अनि अवैध रुपमा बिक्रि गरिरहेका कम्पनीहरु लाई रोक लगाउनु पर्छ र यसलाई हटाउन मिडियाले धेरै समर्थन चाहिन्छ ।


मोवाइल व्यवसायीका समस्याहरु के छन ? ग्रे मार्केटको प्रडक्टले कतिको प्रभाव पारेको छ ?
वर्तमानको सन्दर्भमा ग्रे मार्केटनै मोवाइल व्यवसायीको सबै भन्दा ठुलो समस्या हो । उदाहरण को लागि अहिले वन प्लस ३ सामान्यतया ४० हजार रुपैयामा बिक्रि हुन्छ तर इंडियाबाट चोरी गरेर अनलाइनमा बेच्दा मात्र २६ वा ३० हजारको अफरमा बिक्रि हुन्छ ।

ग्राहक आफै यसको बारेमा अनजान हुन्छन र उनीहरुलाई पनि पछि सम्मस्य पर्न सक्छ । म सामान्य उपभोक्ताहरुलाई के भन्न चाहन्छु भने, नया फोन किने पछि भ्याट बिल र बक्सचाही अनिवार्य लिनुहोस् र भोलिको दिनको लागी सुरक्षित राख्नुहोस ।

यति मात्र होइन ग्रे मार्केटलाई हटाउन राज्यले पनि कदम चल्नु पर्छ । बजेट भाषणमा सेतो लिस्टलै लागु गर्ने देखि आरु विषयमा कुरा भएको थियो र यी नियमहरु सके सम्म छिटो लागु गर्नु पर्ने छ । नेपाल मोबाईल व्यवसायी संगले पनि ग्रे मार्केटको विरुद्ध केहि कदम चल्दै छ ।