कीवर्डहरू -

एसईई र कक्षा १२ परीक्षा स्थगित

एसईई र कक्षा १२ परीक्षा स्थगित

यो वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकले एसईई र कक्षा १२ परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्थगित भएको परीक्षा कुन मोडालिटीमा कहिले सञ्चालन गर्ने बारे अबको १५ दिन भित्र बोर्डले निर्णय गर्ने बताइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि र देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागु भएका कारण परीक्षा स्थगित गरिएको हो ।

यसअघि बोर्डले एसईईको परीक्षा जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि शुरू हुने तालिका सार्वजनिक गरेको थियो ।