नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायक (आईएसपी) को लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना निकाल्दै टिकटक प्रतिबन्ध लगाउने निर्णयमा असहयोग गर्ने ५५ सेवा प्रदायकलाई २४ घण्टे अल्टिमेटम दिएको हो ।
गत कात्तिको २७ गते सरकारले नेपालमा टिकटक प्रतिन्ध गर्ने निर्णय गरेपछि दूरसञ्चार प्राधिकरणले उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।
तर ५५ सेवा प्रदायकले अझै प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी दिएका छैनन् । त्यसकारण २४ घण्टा भित्र निर्णय कार्यान्वयन भए/नभएको विषयमा जानकारी गराउन प्राधिकरणले सूचना प्रकाशन गरेको हो ।
५५ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडि बढाईने प्राधिकरणले जानकारी दिएको छ ।
यी हुन् जानकारी नदिने ५५ आईएसपी