काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सूचना प्रकाशित गर्दै पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो । बोर्डका अनुसार कक्षा १२ को मौका परीक्षा दुई दिन सञ्चालन हुनेछ ।
सार्वजनिक तालिकाअनुसार परीक्षा साउन २ र ३ गते सञ्चालन गरिनेछ । बोर्डले एक विषयमा मात्र अनुत्तीर्ण भई मौका परीक्षामा सहभागी हुने परीक्षार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन अर्थात् साउन २ गते परीक्षा दिनुपर्ने जनाएको छ ।
कक्षा १२ को नियमित परीक्षामा न्यूनतम उत्तीर्णाङ्क हासिल गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी बोर्डले मौका परीक्षा सञ्चालन गर्न लागेको हो ।
आईसीटी समाचार