एनआईसी एशिया बैंकले टिकटक भिडियो च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिनेले प्रति भिडियो १५ हजारका दरले पुरस्कार पनि जिन्तन सक्ने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्न भन्दै टिकटक भिडियो बनाउनेहरुलाई लक्षित गरेर यो प्रतियोगिता गर्न लागेको जनाएको छ ।
यस प्रतियोगितता २०७८ आषाढ ६ देखि साउन ५ सम्म सञ्चालन हुने छ । यस प्रतियोगितमा भाग लिन एनआईसी एशिया बैंकको आधिकारिक टिकटक पेज @NICASIABankOfficial मा बैंकले डिजिटल बैंकि प्रवद्र्धन तयार पारेको … MoBank रौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।
यस प्रतियोगितामा सहभागीले प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्नेछन् । एक जना सहभागीको एकभन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजार रुपैयाँका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको दिने बैंकले जनाएको छ ।
‘टिकटक भिडियो च्यालेन्ज’मा सहभागी हुन निम्न नियमहरू पालना गर्नुपर्ने छ ।
क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज @NICASIABankOfficial फलो गर्नुपर्नेछ।
ख. सहभागीले आफूले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाइ ट्याग एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।
ग. माथि उल्लेखित प्रकृया पूरा गरेपछि अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक-एक वटा भिडियो विजयी हुनेछन् ।
घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।
ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।