कीवर्डहरू -

सुजुकीको स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५

सुजुकीको स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५

सुजुकीको हालसम्मकै सर्बाधिक स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५ नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको छ । आजबाट सुजुकीका सबै सोरुममार्फत सो बाइक बुकिङ गर्न सकिने सुजुकी बाइकको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स स्रोतले जानकारी दिएको छ ।


सो स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ हुनेछ । सुजुकी बर्गम्यान स्ट्रिटमा १२५ सीसी फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ । यसले ८।७ पीएस पावर र १० एनएम टर्क प्रदान गर्छ । यसमा सीभीटी ट्रान्समिसन उपलब्ध छ ।


सुजुकी बर्गम्यान स्ट्रिट १२५ को डिजाइन निकै नै स्टाइलिस छ । यसमा बुलबायस बडीका साथै स्पोर्टी डिजाइन छ । यसमा ठूलो फ्रन्ट फेन्डर र रियर ग्रयाब रेल छ । त्यसैगरी एलईडी हेडलाइट र टेललाइट समेत छ ।


यसमा मल्टी–फङसनको स्लोट, अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२ वाट चार्जिङ सकेट र अन्डर सिट स्टोरेज स्पेस उपलब्ध छ । यसमा कम्बाइन्ड ब्रेकिङ सिष्टम पनि छ । सुजुकी बर्गम्यान स्ट्रिट १२५ को प्रतिस्पर्धा होन्डा ग्राजिया र टीभीएस एनटर्क १२५ सँग हुनेछ ।