कीवर्डहरू -

एमजी एक्सचेन्ज अफर

एमजी एक्सचेन्ज अफर

नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक, पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि यहि २०७५ मंगसिर २१ गतेदेखि मंगसिर २३ गतेसम्म नेपाल अधिराज्यभर “ एमजी एक्सचेन्ज अफर” आरम्भ गरेको छ । 
“ कम एंड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियंस” भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।


एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, आकर्षक छुट ( डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।
एमजी एक्सचेन्ज अफरले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।