कीवर्डहरू -

टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिनासम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिनासम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका लागि टीभीएसको ‘अल न्यु टीभीएस जुपिटर बीएस६’ स्कुटरमा नयाँ ग्राहक केन्द्रित योजना सार्वजनिक गरेको छ ।

दैनिक यात्रामा बढ्दो पेट्रोल खर्चलाई मध्यनजर गर्दै कम्पनीले ‘पेट्रोल टेन्सन ? अब जुपिटर सोलुसन’ भन्ने नारासहित अभियान ल्याएको हो । यस योजनाअन्तर्गत टीभीएस जुपिटर खरिद गर्दा ग्राहकले ९ महिनासम्म नि:शुल्क पेट्रोल सुविधा पाउनेछन् ।

कम्पनीका अनुसार उक्त स्कुटरले ६० किलोमिटर प्रतिलिटर सम्मको परीक्षण गरिएको माइलेज दिने भएकाले दैनिक प्रयोगका लागि किफायती विकल्प बन्ने विश्वास लिइएको छ ।

यससँगै ग्राहकको सहज पहुँचका लागि मासिक किस्ता (इएमआई) सुविधा पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत केवल २,८९९ रुपैयाँ प्रतिमहिनाबाट स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

अभियानबारे जगदम्बा मोटर्सका दीपक रौनियारले भने, ’हामीले सधैं नेपाली ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दो र किफायती मोबिलिटी समाधान ल्याउँदै आएका छौं । बढ्दो पेट्रोल खर्चका बीच जुपिटरले उत्कृष्ट माइलेज र सहज फाइनान्सिङमार्फत ग्राहकलाई राहत दिनेछ ।’

टीभीएस जुपिटर बीएस ६ स्कुटर आधुनिक नेपाली परिवार, कार्यालय जाने यात्रु तथा दैनिक कम्युटरका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । यसको स्टाइलिस डिजाइन, आरामदायी राइडिङ अनुभव, किफायती माइलेज र लाइफटाइम वारेन्टी जस्ता सुविधाले यसलाई दैनिक प्रयोगका लागि भरपर्दो विकल्प बनाएको छ ।

यो अफर देशभर रहेका टीभीएसका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध रहने कम्पनीले जनाएको छ ।