कीवर्डहरू -

टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन अब नेपालमा

टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन अब नेपालमा

काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको ‘जुपिटर क्लासिक अटम ब्राउन’ कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा आफैंमा युवाहरु माझ लोकप्रिय भईसकेको छ ।

यस क्लासिक संस्करणमा सनलीट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतको सुबिधा रहेको छ । 

‘टिभिएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ । 

चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ ।

टिभिएसको जुपिटर क्लासिक अटम ब्राउनको बजार मूल्य रु १९८,९०० रहेको छ र उक्त स्कुटर टिभिएसको देशभरका डिलरबाट खरिद गर्न सकिन्छ ।