कीवर्डहरू -

नेपालमा आयो टाटा एनआरजी, मूल्य २९ लाख ५५ हजार

नेपालमा आयो टाटा एनआरजी, मूल्य २९ लाख ५५ हजार

काठमाडौं – टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी आज नेपाली बजारमा लन्च भएको छ । एक कार्यक्रमका बीच टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सो कार सार्वजनिक गरेको हो ।

सार्वजनिक समारोहमा टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड सुजन रोय, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठलगायतका अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो ।

सो अवसरमा सुजन रोयले नयाँ गाडीको वारेमा आवश्यक जानकारी प्रदान गर्दै नेपालकै सबैभन्दा योङगेस्ट सीयूभीको रुपमा टाटा एनआरजीलाई नेपाली बजारमा उपलब्ध गराएको बताए ।

त्यसैगरी श्रेष्ठले बेजोड डिजाइन र प्रविधि रहेको टाटा एनआरजीले नेपाली बजारमा एउटा विशेष स्थान हासिल गर्ने बताए ।

\"\"

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट (पीभीबीयू) हेड सावन्तजङ्ग सिजापतिले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नेपाली बजारमा सो गाडीले राम्रो बजार लिने विश्वास ब्यक्त गरे ।

एनआरजी अंग्रेजी शब्द इनर्जीका बीचका तीन वटा स्पेलिङ मिलाएर यो शब्द बनेको हो । त्यसैले खासमा यसलाई टाटा इनर्जी पनि भनिन्छ ।

नेपाली बजारमा एनआरजीको पेट्रोल भेरिएन्ट उपलब्ध हुनेछ । यसमा रहेको ११९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिनले ८५ पीएस पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल गियरबक्स छ ।

यसको टेलगेट तथा दुबै साइडमा मस्कुलर क्लाइडिङ तथा अगाडि र पछाडि बम्परमा सिल्भर कलरको रग स्किड प्लेट राखिएको छ । कालोे रङको छत छ भने यसमा रुफ रेलको पनि प्रयोग गरिएको छ । १४ इन्चको फोर स्पोक ड्युअल टोन एलोई ह्विल भएको सो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । यसमा ३५ लिटरको इन्धन ट्यांकी छ ।

यसको क्याविनमा पूरै ब्ल्याक कलरको प्रयोग गरिएको छ र कतै मात्र अरेन्ज कलरको लाइनिङ छ । यसमा ५ इन्चको थ्रीडी नेभिगेसनसहितको टच–स्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । टाटाले आफ्नो कारमा प्रयोग गर्दै आएको हर्मनको सो इन्फोटेनमेन्ट सिस्टममा आठवटा स्पिकर छन् । पछिल्लो भागमा स्टोरेजका लागि २४२ लिटरको बुट स्पेस छ ।

यसमा स्ट्यान्डर्ड सेफ्टी फिचरको रुपमा ड्युअल फ्रन्ट एयरब्याग, रिभर्स पार्किङ असिस्ट, स्मार्ट रियर वाइपर, ड्राइभर सिट रिमाइन्डर, ईबीडीसहितको एबीएस र कर्नर स्ट्याबिलीटी कन्ट्रोल, आर्मोड बडी तथा क्याविन र फलोमी हेडल्याप आदि उपलब्ध छन् ।

विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुने टाटा एनआरजीको इन्ट्रोडक्टरी मूल्य २९ लाख ५५ हजार रुपैयाँ हुने बताइएको छ ।