कीवर्डहरू -

वेटरबाट काम सुरू गरेका एडम मसेरीको इन्स्टाग्रामको प्रमुख बनेसम्मको यात्रा

वेटरबाट काम सुरू गरेका एडम मसेरीको इन्स्टाग्रामको प्रमुख बनेसम्मको यात्रा

सोशल मिडिया एप्लिकेसन इन्स्टाग्राम विश्वको लोकप्रिय सामाजिक सञ्जाल मध्ये एक हो । विशेष गरी युवापुस्ताको रोजाइमा इन्स्टाग्राम पर्ने गरेको छ । 

इन्स्टाग्रामका २ अर्ब बढि प्रयोगकर्ता छन् । इन्स्टाग्राममा हामी फोटोहरू शेयर गर्छौं, स्टोरी राख्छौं, स्टाटस राख्छौं । इन्स्टाग्रामबाटै हामी किनमेल पनि गर्न सक्छौं ।

तर के तपाईंलाई थाहा छ, इन्स्टाग्रामका प्रमुख एडम मोसेरी (Adam Mosseri) कुनै समयमा वेटरको काम गर्थे ? उनले आफैं यस कुराको जानकारी दिएका छन् ।

null

केभिन सिस्ट्रोम र माइक क्राइगरले सन् २०१० मा फोटो शेयरिङ एप्लिकेसन इन्स्टाग्राम लन्च गरेका थिए । अप्रिल २०१२ मा मेटाले इन्स्टाग्रामलाई किन्यो । इन्स्टाग्रामका हालका सीईओ एडम मोसेरी हुन् । मोसेरीले थ्रेसमार्फत पहिले वेटरको काम गर्ने गरेको र त्यसपछि बारटेंडरको भनेर बताएका छन् । त्यसपछि उनी डिजाइनर र म्यानेजर बने । वेटरको काम गर्ने मोसेरी जीवनको यो मोडपछि प्रोडक्ट म्यानेजर बने । हाल उनी इन्स्टाग्रामका प्रमुख पदमा छन् ।

दृढ निश्चय, परिश्रम र आत्मविश्वासको बलमा मोसेरीले आफ्नो भाग्यको रेखाहरू बदलिदिए । टेबलमा मानिसहरूलाई खाना पस्कने व्यक्तिले डिजाइनको दुनियाँमा पाइला राखे र अन्ततः मेटाको महत्त्वपूर्ण पदमा पुगे ।

भाँडा तिर्न वेबसाइट डिजाइनिङ्ग सुरु गरे

एडम मोसेरीको जन्म न्यूयोर्क, अमेरिका मा भएको हो । उनले न्यूयोर्क विश्वविद्यालयको गालटिन स्कूल अफ इन्टरडिसिप्लिनरी स्टडीबाट सूचना र डिजाइनमा मेजर गरेका छन् । घरको भाँडा तिर्नका लागि उनले वेबसाइट डिजाइनिङ्ग सुरु गरेका थिए ।

न्यूयोर्क विश्वविद्यालयमा अध्ययनको क्रममा एडम मोसेरीले आफ्नो डिजाइन फर्म ब्ल्यांक मोसेरी सुरु गरे । यो कम्पनी ग्राफिक्स, इन्टरेक्शन र एक्जिबिट डिजाइनमा केन्द्रित थियो । यस फर्मले वन वर्ल्ड ट्रेड सेन्टरको रेंडरिंग समेत गरेको थियो । कम्पनीलाई सफलता मिल्दै गयो र उनले सान फ्रान्सिस्कोमा आफ्नो दोस्रो अफिस पनि खोले । 

null

संगीत शेयर गर्ने एप बनाए, फेसबुकबाट फोन आयो

सन् २००५ मा विश्वविद्यालयको अध्ययन सकेपछि मोसेरी फर्मको कामको लागि सान फ्रान्सिस्को सरे । द न्यूयोर्क टाइम्ससँग कुरा गर्दै मोसेरीले भने, उनले बुमबक्स नामको संगीत शेयर गर्ने एप बनाएका थिए । यो एप चलेन, तर यस एपका कारण फेसबुकको ध्यान उनीतर्फ गयो । 

सन् २००६ मा उनले अकडदमी अफ आर्ट विश्वविद्यालय, सान फ्रान्सिस्कोमा सहायक प्राध्यापकको जागिर सुरु गरे । एक वर्ष अध्यापन गरेपछि उनी लाइभ–भिडियो स्टार्टअप टकबक्ससँग जोडिए । उनी यस कम्पनीका पहिलो प्रोडक्ट डिजाइनर थिए । 

एडम मोसेरी सन् २००८ मा फेसबुकसँग जोडिए, जहाँ उनकी जीवनसाथी मोनिका पनि काम गर्थिन् । सन् २०१२ मा प्रोडक्ट म्यानेजमेन्ट छोडेर मोसेरीले फेसबुकको मोबाइल एप र असफल फेसबुक होममा काम गर्न थाले । 

मोसेरीलाई न्यूज फीडको जिम्मेवारी दिइएको थियो । सन् २०१६ मा फेसबुक सबैभन्दा कठिन समयबाट गुज्रिरहेको थियो । रुसी प्रोपेगन्डा, फेक न्यूज आदिको बाढी आएको थियो ।

झन्डै एक दशकदेखि फेसबुकमा काम गरिरहेका एडम मोसेरी, सीईओ जुकरबर्गका नजिकका मानिन्छन् । दुबैको सामाजिक सर्कल पनि एउटै छ, धेरैपटक बिहानको दौडमा सँगै जान्छन् । दुबैका बच्चाहरूको उमेर पनि करिब समान छ ।

null

मे २०१८ मा एडम मोसेरीले इन्स्टाग्रामको भीपी प्रोडक्टको पद सम्हाले । सेप्टेम्बर २०१८ मा सिस्ट्रोम र क्रेगरले फेसबुक छोड्ने घोषणा गरे । एक हप्तापछि फेसबुकले एडम मोसेरीलाई इन्स्टाग्रामको प्रमुख बनायो । फेसबुकमा छ वटा फरक भूमिका निभाएपछि एडम मोसेरीलाई सबैभन्दा ठूलो जिम्मेवारी दिइएको हो । हाल उनले इन्स्टाग्रामलाई विश्वकै सर्वचर्चित एप बनाउनमा लागि परेका छन् र प्रयोगकर्ताको माग बुझ्दै एपलाई अपडेट गर्दै लगिरहेका छन् । हाल इन्स्टाग्रामको सर्ट भिडियो प्लेटफर्म रिल्सले एकदमै चर्चा पाईरहेको छ । 

(एजेन्सीहरुको सहयोगमा)