कीवर्डहरू -

अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईट नेटवर्क विकास गर्दै स्पेसएक्स

अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईट नेटवर्क विकास गर्दै स्पेसएक्स

एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्ने भएको छ । जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्नका लागि स्पेस एक्स र जासुसी संस्थाबीच १.८ बिलियन अमेरिकी डलरको सम्झौता भएको हो । 

यो सम्झौताले एलन मस्कको कम्पनी स्पेसएक्स र अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीहरू बीचको सम्बन्धलाई प्रतिबिम्बित गरेको छ ।  यो सम्झौता स्पेसएक्स र अमेरिकी गुप्तचर एजेन्सी बीच सन् २०२१ मा हस्ताक्षर गरिएको रोइटर्सले विभिन्न स्रोहरूलाई उद्रित गर्दै लेखेको छ । सम्झौता अनुसार लो अर्बिटमा काम गर्न सक्ने अर्थ इमेजिङ क्षमतासहितको शक्तिशाली सयौं स्याटलाइट विकास हुनेछन् । 

जासुसी स्याटेलाइट विकासको जिम्मेवारी स्पेस एक्सको स्पेस सेक्युरिटी (स्टारशिल्ड) विभागलाई दिइएको छ । अमेरिकी रक्षा विभाग (पेन्टागन) ले पृथ्वीको तल्लो वायुमण्डलमा परिक्रमा गर्ने उपग्रह प्रणालीमा धेरै पैसा लगानी गरिरहेको छ । यी उपग्रहहरूको उद्देश्य भूमि सेनाहरूलाई मद्दत गर्नु रहेको छ ।

यी उपग्रहहरूले जमिनमा रहेका चीजहरू ट्र्याक गर्न सक्छन् र यो जानकारी अमेरिकी गुप्तचर एजेन्सी र सेनाका अधिकारीहरूलाई दिन सक्छन् । अमेरिकाले अब संसारको लगभग कुनै पनि ठाउँबाट लगातार फोटो खिच्न सक्नेछ, जसले तिनीहरूलाई जासुसी र सैन्य कारबाहीमा मद्दत गर्नेछ ।