कीवर्डहरू -

आईओएसमा पनि उपलब्ध भयो टिकटकजस्तै नेपाली एप रमाइलो

आईओएसमा पनि उपलब्ध भयो टिकटकजस्तै नेपाली एप रमाइलो

टिकटक विकल्पमा आएको नेपाली शर्ट भिडियो प्लेटफर्म एप रमाइलो अब आईओएस समेत प्रयोग गर्न सकिने भएको छ । यसअघि एन्ड्रोडइ मात्रै उपलब्ध रहेको रमाइलो एप आईओएसमा पनि उपलब्ध भएको हो । 

एन्ड्रोइडमा छोटो समयमै १ लाख बढी डाउनलोस हुन सफल रमाइलो एपलाई आईओएस प्रयोगकर्ताले पनि रूचाउने कम्पनीको विश्वास छ । 

यस एपमा  भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ ।

साथै प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकाश गर्दै लैजाने कम्पनीको भनाइ छ । कम्पनीले एपमा केही समस्या देखा परेमा खबर गर्न समेत आग्रह गरेको छ ।