कीवर्डहरू -

कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने

कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको आधिकारिक मोबाइल बैंकिङ एप ‘स्मार्ट प्लस’ मार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न सक्ने भएका छन् ।

यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन् ।

यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ ।

डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।

कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकहरूले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमहरूबाट समेत आफ्ना डिसहोम सेवाहरू नवीकरण गर्न सक्नेछन् ।

सेवा नवीकरण तथा अन्य थप जानकारीका लागि डिसहोमको ग्राहक सेवा केन्द्र वा आधिकारिक डिजिटल माध्यमहरूमा सम्पर्क गर्न सकिनेछ ।