कीवर्डहरू -

एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध भयो कोपाइलट

एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध भयो कोपाइलट

माइक्रोसफ्टले कोपाइलट (पहिलाको बिङ च्याट) लाई एन्ड्रोइडआईओएसमा समेत सार्वजनिक गरेको छ । एन्ड्रोइडमा सार्वजनिक भएको ३ दिनपछि आईओएस र आईप्याड ओएसमा समेत कोपाइलट सार्वजनिक भएको हो । 

कोपाइलट एप च्याटजीपीटी एप जस्तै रहेको छ । यसबाट कुराकानी गर्न, म्यासेज तथा इमेल ड्राफ्ट गर्न र टेस्टबाट इमेल निकाल्न सकिने छ । 

कोपाइलट ओपन एआईले तयार पारेको ठूलो भाषा मोडल जीपीट ३.५ को सट्टा टगल अन गरेर जीपीटी ४ प्रयोग गर्न सकिने छ । ओपन एआईबाट जीपीटी ४ प्रयोग गर्न शुल्क तिर्नुपर्छ तर कोपाइलटबाट जीपीटी ४ निःशुल्क प्रयोग गर्न सकिन्छ ।

यससँग एआई इमेज जेनेरेटर DALL-E 3 पनि रहेको छ । गत नोभेम्बरमा माइक्रोसफ्टले बिङ च्याटलाई कोपाइलटमा रिब्राण्डिङ गरेको थियो ।