कीवर्डहरू -

च्याटजीपीटीसँग सहकार्य गर्दै एप्पल

च्याटजीपीटीसँग सहकार्य गर्दै एप्पल

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । यसैबीच, एआई कम्पनी ओपनएआईले एप्पलसँग सहकार्य गर्न लागेको छ ।

सहकार्यसँगै यस वर्ष आईफोनमा केही नयाँ एआई जेनेरेटिभ सुविधाहरू आउन सक्नेछन् । दुई ठूला कम्पनीहरू बीचआईओएस १८ मा ओपनएआई फिचर कसरी एकीकृत गर्ने भन्नेमा छलफल भइरहेको छ । यद्यपि यस सम्बन्धमा एप्पल र ओपनएआई दुवै कम्पनीबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन् ।

अर्कोतर्फ एप्पलको नयाँ आइफोनमा गुगल जेमिनाई च्याटबट उपलब्ध हुन सक्ने पनि बताइएको छ । जेनेरेटिभ एआई प्रविधिको क्षेत्रमा एप्पल, माइक्रोसफ्ट र गुगल जस्ता प्रतिद्वन्द्वीहरू भन्दा धेरै पछाडि छ । माइक्रोसफ्ट र गुगलले जेनेरेटिभ एआईको क्षेत्रमा आफ्ना धेरै उत्पादनहरू लन्च गरेका छन् ।

एप्पलका सीईओ टिम कुकले केही महिना अघि कम्पनीले जेनेरेटिभ एआई क्षेत्रमा ठूलो लगानी गरिरहेको बताएका थिए । यस्तो अवस्थामा यो वर्ष एप्पलले यस क्षेत्रमा केही ठूलो घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।