कीवर्डहरू -

एप्पलले अर्को वर्ष २ हजार डलरमा भिजन हेडसेट सार्वजनिक गर्ने

एप्पलले अर्को वर्ष २ हजार डलरमा भिजन हेडसेट सार्वजनिक गर्ने

एप्पलले अर्को वर्ष २ हजार अमेरिकी डलरमा मूल्यमा भिजन प्रो हेडसेट सार्वजनिक गर्ने भएको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार अर्को वर्ष एप्पलले मिक्स्ड रियालिटी भिजन हेडसेट सार्वजनिक गर्न सक्ने छ, जसको मूल्य करिब २ हजार अमेरिकी डलर हुनेछ । 

२ हजार अमेरिकी डलरको भिजन हेडसेट सस्तो नभएपनि ३५ सय अमेरिकी डलर पर्ने भिजन प्रोभन्दा सस्तो नै हो । २ हजार अमेरिकी डलर मूल्यमा भिजन हेडसेट ल्याउन कम्पनीले चिपर सामग्री र कम शक्तिशाली प्रोसेसरको प्रयोग गर्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ । 

यस बाहेक त्यसमा हेडसेट बाहिर प्रयोगकर्ताको आँखा देखाउने आईसाइट फिचर उपलब्ध हुने छैन् ।