कीवर्डहरू -

एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो भिडियो कलिङ सुविधा रोल आउट हुँदै

एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो भिडियो कलिङ सुविधा रोल आउट हुँदै

एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो र भिडियो कलिङ सुविधा रोल आउट सुरु भएको छ । यसअघि यो सुविधा प्रिमियम प्रयोगकर्ताका लागि मात्रै उपलब्ध गराइएको थियो । अब एक्समा प्रयोगकर्ताहरूले ह्वाट्सएप तथा अरु सामजिक सञ्जाल एपहरु जस्तै अडियो र भिडियो कल गर्न सक्षम हुनेछन् ।

एक्सका सिइओ लिन्डा याकारिनोले पोस्ट सेयर गरेर यस अपडेटको बारेमा जानकारी दिएका छन् । यो सुविधा विस्तारै गैर–प्रिमियम प्रयोगकर्ताहरूका लागि रोल आउट हुँदैछ । प्रयोगकर्ताहरूले प्लेटफर्ममा जो कोहीबाट कल प्राप्त गर्न पनि छनौट गर्न सक्छन् । प्लेटफर्ममा टू–फ्याक्टर–अथेन्टिेकसन पनि उपलब्ध छ । एक्समा कल गर्न कुनै मोबाइल नम्बर आवश्यक छैन् ।

एक्स प्रिमियम सेवाले प्रयोगकर्ताहरूलाई पोष्ट सम्पादन गर्न, लामो भिडियोहरू अपलोड गर्न, ब्याज भेरिफाइ गर्न अनुमति दिन्छ । नयाँ सुविधाको आगमनसँगै, प्रयोगकर्ताहरूले अडियो र भिडियो कल मार्फत निःशुल्क कुरा गर्न सक्नेछन् ।

यमो फिचर प्रयो गर्न आफ्नो स्मार्टफोनमा एक्स खोल्नुहोस् र डाइरेक्ट मेसेज आइकनमा क्लिक गर्नुहोस् ।
यस पछि तपाईले सेटिंग्स आइकनमा ट्याप गर्नुपर्नेछ । यहाँ अडियो र भिडियो कलिङ सक्षम गर्ने विकल्प देखा पर्नेछ ।

यसलाई खोल्नको लागि टगल अन गर्नुहोस् । यसो गरेपछि तपाइँ जो कोहीसँग अडियो–भिडियो कल गर्न सक्षम हुनुहुनेछ । यस बाहेक, यहाँ धेरै अन्य विकल्पहरू पनि देखिनेछन् जुन तपाईं आफ्नो इच्छा अनुसार चयन गर्न सक्नुहुन्छ ।