कीवर्डहरू -

एक्समा उपलब्ध भयो पासकी फिचर, प्रयोगकर्ताले पासवर्ड याद नगरे पनि हुने

एक्समा उपलब्ध भयो पासकी फिचर, प्रयोगकर्ताले पासवर्ड याद नगरे पनि हुने

एक्स (पहिले ट्विटर भनेर चिनिन्थ्यो) मा नयाँ सुविधा ल्याइएको छ । यस सुविधाको नाम पासकी हो ।

यो फिचरको मद्दतले एक्समा प्लेटफर्मका प्रयोगकर्ताहरूको अकाउन्ट पहिलेको भन्दा बढी सुरक्षित हुनेछ ।

पासकी सुविधामार्फत प्रयोगकर्ताहरूलाई आफ्नो अकाउन्टामा लगइन गर्न सजिलो हुनेछ । यो पासवर्डभन्दा बढी सुरक्षित हुने र प्रयोगकर्ताको अकाउन्ट ह्याक गर्न थप कठिन हुने कम्पनीको विश्वास छ ।

यदि तपाई स्मार्टफोन, ट्याब्लेट, ल्यापटप वा फरक डिभाइसहरूमा एक्स अकाउन्टमा लगइन गर्नुहुन्छ भने पासकी सुविधाले फेस आईडी, टच आईडी वा पिन आईडी माग्छ । पासवर्ड बिर्सिए पनि पासकीको मद्दतको लगइन गर्न सकिने छ । 

यसले ह्वाट्सएपमा फिंगरप्रिन्ट सेन्सर जस्तै काम गर्नेछ । ह्वाट्सएपमा रहेको फिंगरप्रिन्ट सेन्सर सक्रिय गरेपछि प्रयोगकर्ताहरूले आफ्नो ह्वाट्सएप अकाउन्ट पहुँच गर्नको लागि पासवर्ड होइन आफ्नो फिंगरप्रिन्ट हाल्नु पर्छ ।

त्यसैगरी, एक्समा पनि प्रयोगकर्ताले लगइन गर्न पासवर्डका अतिरिक्त फेस आइडी, टच आइडी वा पिन प्रयोग गर्न सक्नेछन् । यसबाट प्रयोगकर्ताहरूले पासवर्ड याद गर्न आवश्यक पर्ने छैन् । त्यसकारण अरू कसैले अकाउन्ट खोल्न सक्ने छन् ।