कीवर्डहरू -

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने भएको छ । यो फिचर अहिले इन्स्टाग्रामले परीक्षण गरिरहेको छ ।

इन्स्टाग्रामको नयाँ ब्याकग्राउण्ड टूलले तपाईंलाई एआई प्रयोग गरेर इमेज ब्यकग्राउण्ड प्रतिस्थापन गर्न दिनेछ ।

इन्स्टाग्रामको यो नयाँ फिचरलाई ‘ब्याकड्रप’ नाम दिइएको छ । यो जानकारी मेटाका जेनेरेटिभ एआई प्रमुख अहमद अल ढलेले दिएका छन् । हाल, ब्याकड्रप सुविधा अमेरिकी प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ ।

यस फिचरको मद्दतले प्रयोगकर्ताहरूले एकै ट्यापमा ब्याकग्राउन्ड इमेज परिवर्तन गर्न सक्नेछन् । यसका लागि कुनै पनि अन्य स्टक इमेज आवश्यक पर्दैन् । ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न, प्रयोगकर्ताहरूले अन्य एआई उपकरणहरू जस्तै प्रम्प्ट दिनुपर्नेछ ।

प्रयोगकर्ताहरूसँग स्टोरी सेयर गर्दा ट्राइ इटको विकल्प हुनेछ । यसमा क्लिक गरेपछि, तपाई ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न विकल्प पाउनुहुनेछ ।