कीवर्डहरू -

आउँदो वर्षहरुमा एआईका कारण ठूलो परिवर्तन हुने : एलन मस्क

आउँदो वर्षहरुमा एआईका कारण ठूलो परिवर्तन हुने : एलन मस्क

टेस्लाका सीईओ एलन मस्कले एआईको बारेमा केही सम्भावनाहरू व्यक्त गरेका छन् । मस्कका अनुसार एआईको द्रुत विकासलाई हेर्दा अर्को एक वर्षमा ठूलो परिवर्तन देखिने बताएका छन् ।

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स अर्को वर्ष वा सन् २०२६ सम्ममा बौद्धिक व्यक्तिभन्दा बढी बौद्धिक बन्ने उनको अनुमान छ ।
 मस्कले नर्वे वेल्थ फण्डका सीईओ निकोलाई टांगेनसँगको अन्तर्वार्तामा एआईको बारेमा यी कुराहरू भनेका थिए ।

उनले हाल कम्पनीले ग्रोक एआईको अर्को संस्करणमा काम गरिरहेको बताए । 
एक्स एआई स्टार्टअपले विकास गरिरहेको एआई च्याटबोटलाई तालिम दिइँदैछ । यो एआई तालिम वैशाखसम्ममा सकिने उनको भनाइ छ ।

ग्रोक २ मोडल २०,००० एनभिडिया एच१०० जीपीयूसहित तयार भइरहेको मस्कले जानकारी दिए । यसका लागि कम्पनीलाई एक लाख एनभिडिया एच १०० चिपहरू चाहिन्छ ।

चिपको कमीका कारण एआईको विकासमा समस्या छ । उन्नत चिप नहुँदा ग्रोकको अर्को संस्करणको तालिममा समस्या आएको उनले जानकारी दिए ।

एजीआई (कृत्रिम सामान्य बुद्धिमत्ता) को विकासको टाइमलाइनको बारेमा सोध्दा, मस्क भन्छन्, “यदि तपाईले एजीआई (आर्टिफिसियल जेनेरल इन्टरफेस) लाई सबैभन्दा चतुर, मानिस भन्दा स्मार्ट भनेर परिभाषित गर्नुहुन्छ भने, मलाई लाग्छ कि यो अर्को वर्ष, दुई वर्ष भित्र अझै उन्नत हुनेछ । "