कीवर्डहरू -

यसरी थाहा पाउनुस् बाढी, पहिरोजस्ता प्रकोपको लाइभ अपडेट

यसरी थाहा पाउनुस् बाढी, पहिरोजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।

जोखिम क्षेत्रमा बस्ने भएपछि हामी आफै सजक हुनु बुद्धिमानी हुन्छ । त्यसको लागि पूर्व जानकारी लिने, कहाँ के भइरहेको छ भनेर जानकारी हो भने यस्ता जोखिमबाट बच्न सकिन्छ ।

यस्ता सूचना लिन धेरै मिहिनेत पनि गर्नु पर्दैन् । सरकारले यस्तौ सूचना दिने भनेर विपद् पोर्टल बनाएको छ । जहाँबाट बाढी, पहिरो, भूकम्प, पानी जस्ता प्राकृतिक जोखिमको लाइभ अपडेट पाउन सकिन्छ ।

कुन ठाउँमा धेरै पानी परिरहेको छ, कुन ठाउँमा बाढीको खतरा छ, कुन ठाउँमा भूकम्प गयो, कहाँ पहिलो गएर बाटो बन्द छ, हावा प्रदूषण, आगलागी जस्ता जोखिम सम्बन्धि जानकारी दिने पोर्टल हो विपद पोर्टल डट जीओभी डटएनपी । यसलाई विपद् पोर्टल भनेर चिनिन्छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालना ल्याएको विपद् पोर्टल एकीकृत र कम्प्रिहेन्सिभ नेसनल डिजास्टर इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (डीआईएमएस) हो । यसमा रियल टाइम डेटा र विपद्बाट कहाँ के कति क्षति भयो भन्ने जानकारी पाउन सकिन्छ ।