कीवर्डहरू -

दराजबाट भीभोका स्मार्टफोन किन्दा ११ हजारसम्म छुट

दराजबाट भीभोका स्मार्टफोन किन्दा ११ हजारसम्म छुट

भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ । यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन्।

यस अफरमा धेरै स्मार्टफोनहरू समावेश गरिएका छन् जसमध्ये १३ हजार ५९९ सुरुवाती मूल्य रहेको भिभो वाई १ एस (२+३२ जीवी) ९ हजार ९९९ रूपैयाँमा उपलब्ध रहेको छ । त्यस्तै २३ हजार ९९९ सुरुवाती मूल्य रहेको भिभो वाई २० एस (४+१२८ जीवी) १४ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ ।

२५ हजार ४९९ सुरुवाती मूल्य रहेको वाई २ २एस  (६+१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य १७ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी २५ ई (८+१२८ जीवी) हाल ३१ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ । यस स्मार्टफोनको सुरुवाती मूल्य ३९ हजार ९९९ रूपैयाँ रहेको थियो । त्यसैगरी ५२ हजार ९९९ रूपैयाँ सुरुवाती मूल्य रहेको भिभो भी २५ फाइभजी (८+१२८ जीबी) हाल निकै सुलभ मूल्य ४१ हजार ९९९ रूपैयाँमा उपलब्ध रहेको छ ।

यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरू ल्याएको छ । ग्राहकहरूले १५ हजार मूल्य भन्दा कमको स्मार्टफोन मोडेलहरूको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने १५ हजारदेखि २० हजार मूल्य दायराको स्मार्टफोन खरिदमा निकै ट्रेंडी साइडब्याग प्राप्त गर्नेछन् ।

त्यस्तै २० हजारदेखि र ३५ हजार बिचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरूले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने ३५ हजार रूपैयाँ भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् । दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा रु ५०० देखि १००० का भौचरहरू उपलब्ध गरिएको छ ।