कीवर्डहरू -

थसिखेलमा सेरेसको अत्याधुनिक शोरुम

थसिखेलमा सेरेसको अत्याधुनिक शोरुम

विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ ललितपुरको थसिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गरेको छ । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ। अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिती रहेको उद्घाटन समारोहमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारीले आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्व र आफ्नो समर्थनका बारेमा प्रकाश पारेका थिए।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । सेरेसले आइसिटी कम्पनी ह्वावेसँग पनि साझेदारी गरेको छ ।

ललितपुरको नयाँ सेरेस शोरुम प्रदुषणरहित भएको तथा दिगोपन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिने कम्पनीको भनाइ छ ।