चाङआन अटोमोबाइलले जर्मनीमा ‘शेयरिङ द फ्युचर’ थिममा आफ्ना तीन प्रमुख ब्रान्डहरू चाङआन, डीपल र अभतार सार्वजनिक गरेको छ । यो माइलस्टोन चाङआनको ‘भास्ट ओसन प्लान’ अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण भएको कम्पनीको दावी छ ।
अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ चाङआनले लोकल ट्यालेन्टमा लगानी र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरेर अनि इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाएर युरोपेली उपभोक्ताहरूसँगको सम्बन्धलाई गहिरो बनाउने कम्पनीले जनाएको छ ।
कार्यक्रममा चाङआनले चाङआन ई ०७, डीपल एस ०५ सँगै युरोपेली डेब्यूको रूपमा डीपल एस ०७ पनि प्रदर्शन गरेको छ । बुद्धिमत्ता र विद्युतीकरणमा अत्याधुनिक प्रविधिहरूका साथ चाङआनले युरोपको लागि उच्च प्रदर्शन गर्ने विद्युतीय सवारी साधनहरूको माग पूरा गरिरहेको छ।
६ देश र १० स्थानहरूमा फैलिएको आएण्डडी प्रणालीद्वारा संचालित चाङआनको टेक्निकल इनोभेसन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ । यसमा ३१ देश र क्षेत्रहरूबाट आउने १८,००० भन्दा बढी R&D कर्मचारीहरू कार्यरत छन, जसमा १६ प्रविधि अनुसन्धान र उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) रहेका छन् ।
युरोपेली सुरुवातको एक हिस्साको रूपमा चाङआनले सुरुमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाउँदैछ । सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ ।
नेदरल्याण्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रको रूपमा काम गर्नेछ । बिक्री कम्पनीहरूको मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ ।
हाल युरोपभरि लगभग ५०० कर्मचारीहरू कार्यरत छन्, जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन् । इनोभेसन र बजार संलग्नतालाई अगाडि बढाउनका लागि आफ्नो लोकल ट्यालेन्ट पूल विस्तार गर्न कम्पनी प्रतिबद्ध छ।
चाङआन अटोमोबाइलका अध्यक्ष झु सन् २०३० सम्ममा तीस लाख विद्युतीयसहित प्रति वर्ष पाँच लाख सवारी साधनहरू डेलिभर गर्ने लक्ष्य राखेका जानकारी दिए ।