मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा गोपनीयतका धेरै फिचरहरू आएका छन् ।
अब कम्पनीले अर्को गोपनीयता सुविधामा काम गरिरहेको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएपले एउटा फिचरमा काम गरिरहेको छ जस पछि प्राथमिक डिभाइसमा मात्र नभई लिङ्क गरिएको डिभाइसमा पनि ह्वाट्सएप च्याटहरू लक गर्न सकिनेछ, अर्थात्, लिङ्क गरिएको डिभाइसको च्याट हेर्नको लागि च्याट लक कोड प्रदान गर्नुपर्नेछ ।
यो गोपनीयता सुविधा ह्वाट्सएपमा पहिले नै प्राथमिक डिभाइसका लागि उपलब्ध रहेको थियो तर अब भने यो सबै लिङ्क गरिएका डिभाइसमा पनि उपलब्ध गराइनेछ । नयाँ फिचर हाल बेटा संस्करणमा परीक्षण भइरहेको छ । यसको अपडेट केहि दिनमा जारी हुन सक्ने छ ।