कीवर्डहरू -

ह्वाट्सएपमा महत्त्वपूर्ण म्यासेज पिन गरेर हाइलाइटमा राख्न मिल्ने फिचर आउँदै

ह्वाट्सएपमा महत्त्वपूर्ण म्यासेज पिन गरेर हाइलाइटमा राख्न मिल्ने फिचर आउँदै

ह्वाट्सएपमा चाँडै नै महत्त्वपूर्ण मेसेज पिन गर्ने सुविधा उपलब्ध हुन लागेको छ । यस फिचरको प्रयोगले उपयोगी सन्देशहरू फेला पार्न सजिलो हुनेछ । 

वाबोटाइनफोको रिपोर्ट अनुसार छिट्टै प्रयोगकर्ताका लागि मेसेजहरु पिन गर्ने सुविधा ल्याइँदैछ । यस फिचरको बारेमा रिपोर्टमा स्क्रिनसट पनि सेयर गरिएको छ ।

जब च्याट ह्वाट्सएपमा पिन गरिन्छ, यो च्याट सूचीको शीर्षमा देखिनेछ । यद्यपी, ह्वाट्सएप प्रयोगकर्ताले एक पटकमा तीनवटा च्याट मात्र पिन गर्न सक्छन् । 

यो नयाँ फिचर ह्वाट्सएप बेटा अपडेट २.२३.२६.९ संस्करणमा फेला परेको छ । ह्वाट्सएपका एन्ड्रोइड बेटा प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गर्न सक्ने छन् । 

यो सुविधा आगामी दिनहरूमा ह्वाट्सएपका अन्य प्रयोगकर्ताहरूका लागि रोल आउट हुने जनाइएको छ ।