दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
पन्तले उजुरीमा प्रसाईंले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप लगाएका छन् ।
यसअगाडि प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो ।
काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए ।