काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्रवेश गरेका हुन् ।
क्यानेडियन स्टडी सेन्टरले (canadastudycenter.com) र अग्नि महिन्द्रा समूहद्वारा प्रायोजित गरी काठमाडौं विश्वविद्यालय हल्ट प्राइज सेमी-फाइनलमा पिचिङसँगै प्रश्नोउत्तरका लागि ४ मिनेटको समय दिइएको थियो ।
अब काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनल फागुन १५ गते सञ्चालन हुनेछ । त्यसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।