कीवर्डहरू -

जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, गाडी किन्दा प्रत्येक पेनाल्टीमा १ लाख र गोलमा २५ हजार छुट

जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, गाडी किन्दा प्रत्येक पेनाल्टीमा १ लाख र गोलमा २५ हजार छुट

काठमाडौं । नेपालमा जिली ईएक्स ५ र बीएडब्लु सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को माहोललाई लक्षित गर्दै ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई सवारी खरिदलाई थप रोचक र सहभागितामूलक बनाउने उद्देश्यसहित सुरु गरिएको अभियान असार ९ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार अभियानअन्तर्गत जिली ईएक्स५ खरिद गर्ने ग्राहकले पेनाल्टी सुटआउटमा गरेको प्रत्येक गोलबापत १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी बीएडब्लु ई ७ प्रो खरिद गर्ने ग्राहकले प्रत्येक गोलमा २५ हजार रुपैयाँ नगद छुट पाउने व्यवस्था गरिएको छ । गैरीधारास्थित जिली शोरुममा सञ्चालन भइरहेको कार्यक्रमले फुटबलको रोमाञ्चलाई विद्युतीय सवारी खरिदसँग जोडेको कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी ग्राहकले विशेष रूपमा तयार गरिएको फुटबल मैदानमा पेनाल्टी सुटआउट खेल्न पाउनेछन्, जहाँ जिली तथा BAW का बिक्री प्रतिनिधिमध्ये एक जनाले गोलकिपरको भूमिका निर्वाह गर्नेछन् । ग्राहकले गरेको गोलको संख्याअनुसार छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

नगद छुटका अतिरिक्त ग्राहकले एक वर्षको अटो प्लस बीमा, एक वर्षको सवारी कर तथा नि:शुल्क २–इन–१ एडाप्टेबल चार्जर पनि प्राप्त गर्नेछन् । कम्पनीले कार्यक्रमस्थलमा भेहिकल–टु–लोड कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर तथा पर्याप्त पार्किङ सुविधा समेत उपलब्ध गराएको जनाएको छ ।

अभियानसँगै सञ्चालन गरिएको ‘सुपर एक्सचेन्ज क्याम्प’ अन्तर्गत ग्राहकले आकर्षक एक्सचेन्ज लाभ, सवारी मूल्याङ्कन सेवा तथा विशेष अफरको समेत लाभ लिन सक्नेछन् । एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले फुटबलले उत्साह, जोश र उपलब्धिमार्फत मानिसहरूलाई एकताबद्ध बनाउने उल्लेख गर्दै सोही भावनालाई सवारी खरिद अनुभवसँग जोड्ने प्रयासस्वरूप अभियान सञ्चालन गरिएको बताए । 

उनका अनुसार यस कार्यक्रमले ग्राहकलाई मनोरञ्जनसँगै उल्लेखनीय बचत गर्ने अवसर प्रदान गर्नेछ । कम्पनीले जिली ईएक्स ५ लाई उन्नत प्रविधि, प्रिमियम सुविधा, स्मार्ट सुरक्षा प्रणाली र उत्कृष्ट ड्राइभिङ रेन्ज भएको विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ । त्यसैगरी नेपाली बजारमा प्रवेशको तयारीमा रहेको बीएडब्लु ई ७ प्रो व्यवहारिक, किफायती र वातावरणमैत्री सवारी विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

एलआरआर मोटर्सले फुटबलप्रेमी, विद्युतीय सवारीमा रुचि राख्ने तथा नयाँ गाडी खरिदको योजना बनाइरहेका ग्राहकलाई गैरीधारास्थित जिली शोरुममा उपस्थित भई कार्यक्रमको अनुभव लिन, टेस्ट ड्राइभ गर्न र विशेष छुटको अवसर उपयोग गर्न आग्रह गरेको छ । अभियान जुन २३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।