कीवर्डहरू -

भाइबरमार्फत बससेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक

भाइबरमार्फत बससेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक

विश्वको अग्रणी सन्देश मुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबट मार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ ।

अफरमा नेपालका कुनैपनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ ।

यो सँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरकोबीचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो । 

अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले नेपालको सार्वजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनीय बनाउन भाइबरसँग सहकार्य गरेको बताए । 

यो अफरका बिषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले बससेवासँगको सहकार्य गरेर यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुने बताए ।