नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपयोगी डिजिटल ठेगाना प्रणाली विकास भएको छ ।
दुई दशकभन्दा बढी समयदेखि नेपालमा उपयोगी प्रविधिको अनुसन्धान र विकास गरिरहेको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले यो प्रणाली विकास गरेको हो ।
कताहो, पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणालीको सफ्टवेयर तथा एप्लिकेसन भएको एड्रेसग्राफ नेपालका निर्देशक राम प्रसाद रिमालले बताए ।
यो प्रणाली सर्वसाधारण, पालिका, हरेक तहका सरकार, संघ संस्था लगायत हरेकका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।
रिमालका अनुसार कताहो नेपाली शब्द र अंक मिलाएर बनाएको वैज्ञानिक ठेगाना प्रणाली हो । नक्साको पूर्वाधारको रूपमा काम गर्ने कताहोले देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने रिमाल बताउँछन् ।
यसमा देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिइएको यो प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ ।
पाँच वर्षको अनुसन्धानपछि विकास भएको मोबाइल एप र वेबमा आधारित ‘कताहो’ नामको ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर समावेश गर्न सकिन्छ ।
त्यस्तै सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिन्छ । यो प्रणालीको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न (Landmark), प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको ठेगाना तयार गर्नु रहेको छ ।
'कता हो' एपमार्फत सर्वसाधारणले आफ्नो घरको 'ठेगाना प्लेट' निःशुल्क तयार गरी आफूलाई मन परेको मेटेरियलमा (फलामको पाता, अल्युमिनियम पाता, मेटल इचिंग, इन्ग्रेभिंग आदि) नजिकको प्रिन्टिंग सेवा प्रदान गर्ने सेवा प्रदायक बाट प्रिन्ट गराउन सक्छन् ।
यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने कम्पनीको दावी छ । । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिनेछ, उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी रहने अपेक्षा गरिएको छ ।
विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन सकिने अत्याधुनिक नम्बर प्लेट प्रणाली ‘कता हो’ यसै वर्षको सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२४ मा विधिवत् उद्घाटन हुँदैछ ।
कताहोका फाइदा