कीवर्डहरू -

दिगाे विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नाेभेसन महत्त्वपूर्ण छ: प्राधिकरण अध्यक्ष भण्डारी

दिगाे विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नाेभेसन महत्त्वपूर्ण छ: प्राधिकरण अध्यक्ष भण्डारी

नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नोभेसन महत्त्वपूर्ण साधन बन्न सक्ने बताएका छन् । 

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले नेपाल जस्तो देशमा दिगो विकासका लक्ष्य प्राप्ति गर्न डिजिटल इन्नोभसन महत्त्वपूर्ण साधन बन्न सक्ने बताएका हुन् ।

'हामीले डिजिटल इन्नोभेसनमा काम गर्नु पर्छ,' उनले भने, 'नेपाल जस्तो देशमा दिगो विकासका लक्ष्य प्राप्त गर्न डिजिटल इन्नोभेसन महत्त्वपूर्ण साधन बन्न सक्छ ।'

सूचना प्रविधि क्षेत्रको बढ्दो विकाससँगै सेवा प्रवाहको गुणस्तरीयतामा पनि काम गर्नुपर्ने अवस्था आएको समेत उनले बताए ।