कीवर्डहरू -

दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने

दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वका लागि डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको जनाएको हो ।

यस अघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा अब प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । 
 
विभागका अनुसार यो नियम असोज २१ गतेदेखि कात्तिक १ गते कोजाग्रत पूर्णिमाको दिनसम्म तथा तिहारमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुनेछ ।

साथै सो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम विभागलाई जानकारी गराउन समेत निर्देशन दिइएको छ ।