कीवर्डहरू -

वार्षिक १२ हजारमा ३०० एमबिपिएसको इन्टरनेट दिदै डिशहोम, साथमा निःशुल्क सिक्सजी राउटर

वार्षिक १२ हजारमा ३००  एमबिपिएसको इन्टरनेट दिदै डिशहोम, साथमा निःशुल्क सिक्सजी राउटर

इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले विभिन्न वार्षिक प्याकेजमा भारी छुट दिने भएको छ । यस  अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र  ६ हजार ६८५ रूपैयाँ (भयाट बाहेक) मा जडान गर्न सक्नेछन । 

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ । यस अघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य ७ हजार ७९९ रूपैयाँ रहेको थियो । 

अफर अन्तर्गत कम्पनीले ७५ एमबिपिएस इन्टरनेट वार्षिक ७ हजार ५०९ रूपैयाँ, १०० एमबिपिएसको इन्टरनेट वार्षिक ८ हजार ३१३ रूपैयाँ, १५० एमबिपिएसको वार्षिक मूल्य ९ हजार ६४ रूपैयाँ २०० एमबिपिएसको इन्टरनेट ९ हजार २४८ रूपैयाँ, २५० एमबिपिएस इन्टरनेट वार्षिक १० हजार ६४६ रूपैयाँ र ३०० एमबिपिएसको इन्टरनेट वार्षिक १२ हजार ३४ रूपैयाँमा दिनेछ । 

यो १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन्, जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।