कीवर्डहरू -

डिशहोमको मिसन ८१ योजना, ३ हजारमै वर्षभरिको रिचार्ज

डिशहोमको मिसन ८१ योजना, ३ हजारमै वर्षभरिको रिचार्ज

नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले ग्राहकका लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । यस योजनामा डिशहोमका ग्राहकले मात्र ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सब डिलरमार्फत ग्राहकले फन्ड ट्रन्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् । फन्ड ट्रन्सफरबारे अधिक जानकारीका लागि देशभरका डिशहोम विक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।