कीवर्डहरू -

स्मार्टफोन ओभरहिट भएमा यी उपाय अपनाउनुहोस्

स्मार्टफोन ओभरहिट भएमा यी उपाय अपनाउनुहोस्

फोनमा मल्टि टास्किङ गर्दा, स्मार्टफोन प्रयोगकर्ताले प्रायः ओभर हिटिङ समस्याको सामना गर्नुपर्छ । यो समस्या विशेषगरी गर्मी मौसममा हुने गरेको छ । यसबाट बच्नका लागि प्रयोगकर्ताहरूले केही विशेष कुराहरूलाई ध्यानमा राख्नुपर्छ र यदि तपाइँ त्यस्ता कामहरू गर्दै हुनुहुन्छ भने, तिनीहरूलाई तुरुन्तै रोक्नु पर्छ । यसो गर्दा फोन तातिने समस्या धेरै हदसम्म समाधान हुनेछ ।

तपाईंसँग जतिसुकै महँगो स्मार्टफोन भए पनि, यसको प्रयोगको लागि समय सीमा हुन्छ । यदि तपाइँ लगातार धेरै घण्टा फोनमा भारी मल्टि टास्किङ गर्दै हुनुहुन्छ भने फोन तातो हुने यो सबैभन्दा ठूलो कारण हुनसक्छ । त्यसैले यसलाई तुरुन्तै बन्द गर्नुपर्छ ।

प्रत्यक्ष सूर्यको प्रकाशबाट बच्नुहोस्

गर्मीको मौसममा तापक्रम निकै उच्च हुन्छ र यस्तो अवस्थामा फोन सूर्यको किरणसँग प्रत्यक्ष सम्पर्कमा आयो भने त्यसले ओभर हिटिङको समस्या निम्त्याउँ छ। त्यसकारण, प्रयोगकर्ताहरूले फोनलाई सीधै घाममा नराख्ने प्रयास गर्नुपर्छ । घाममा राखेमा फोनको ब्याट्री बिग्रने खतरा हुन्छ ।

ब्याकग्राउण्डमा चलिरहेको एपहरू

मल्टिटास्किङको क्रममा ब्याकग्राउन्डमा एकैसाथ धेरै एपहरू चलिरहेका छन् भने यसले फोन तात्ने समस्या निम्त्याउँछ । फोनमा प्रोसेसर जतिसुकै पावरफुल किन नहोस्, धेरै एप प्रयोग गर्दा ओभर हिटिङको समस्या आउँछ । त्यसैले धेरै उपयोगी हुने एपहरू मात्र खुला राख्नुहोस् ।

केही समयको लागि पछाडिको कभर हटाउने

यदि फोन धेरै तातो भइरहेको छ भने पछाडिको कभर हटाउनुहोस् । यसो गर्नाले अत्यधिक तातो हुने समस्या धेरै हदसम्म समाधान हुन्छ । यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ चार्ज गर्दा पनि कभर अलग राख्न सक्नुहुन्छ ।