कीवर्डहरू -

तपाईंले पठाउनुभएको इमेल पढिएको छ वा छैन् भनेर पत्ता लगाउन यस्तो गर्नुहोस्

तपाईंले पठाउनुभएको इमेल पढिएको छ वा छैन् भनेर पत्ता लगाउन यस्तो गर्नुहोस्

सामाजिक सञ्जालका एपमा म्यासेज पठाएपछि पढेपछि निलो टिकबाट थाहा हुन्छ कि म्यासेज पढिसक्यो तर इमेलमा समस्या छ । इमेल पढियो कि नपरेको भन्ने विषयमा थाहापाउन गाह्रो हुन्छ । आजको लेखमा हामी कसैले हाम्रो मेल पढिसके की छैन्न भनेर थाहापाउन सक्छौँ ।

सबै भन्दा पहिले, तपाईको ल्यापटप वा कम्प्युटरको गुगल क्रोमको माथि दायाँ छेउमा देखिने तीन डटमा क्लिक गर्नुहोस् र त्यसपछि मोर टूल्समा क्लिक गर्नुहोस् । अब एक्सटेन्सनमा क्लिक गर्नुहोस् ।

अब तपाईको अगाडि एउटा विन्डो खुल्नेछ, त्यसको फेदमा जानुहोस्, त्यहाँ गेट मोर एक्सटेन्सनमा क्लिक गर्नुहोस् । अब मेलट्र्याक फर  जिमेल एण्ड इनबक्स : इमेल ट्र्याकिङ टाइप गरेर खोज्नुहोस् ।

अब जीमेल ट्याबमा जानुहोस् र कसैलाई मेल पठाउनुहोस् । अब तपाईको पठाइएको मेल पढ्ने बित्तिकै तपाईले तपाईको मेल पठाएको कति समय पछि पढेको छ वा छैन भन्ने सूचना प्राप्त हुनेछ । साथै तपाईले ह्वाट्सएप जस्तै मेलमा इनबक्सको अगाडि २ वटा निलो टिक देख्नुहुनेछ ।