कीवर्डहरू -

आफ्नो ग्यालेक्सी फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? यी तीन उपाय अपनाउनुहोस्

आफ्नो ग्यालेक्सी फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? यी तीन उपाय अपनाउनुहोस्

विश्व धेरै बिक्री हुने फोन मध्ये एकमा सामसङ पनि पर्छ ।  के तपाई पनि सामसङको ग्यालेक्सी फोन प्रयोग गर्नुहुन्छ र ब्याट्री चाँडै सकिन्छ ?

यदी त्यसो हो भने ग्यालेक्सी फोनको ब्याट्री लामो समयसम्म टिकाउने केही उपया बारे जानकारी दिएको छ । 

सामसङको अनुसार आफ्नो फोनमा तीनवटा सेटिङको ख्याल राख्दा डिभाइसको ब्याट्री लाइफ बढाउन मद्दत गर्न सक्छ ।

प्रोटेक्ट ब्याट्री सेटिङ अन गर्ने

स्मार्टफोनलाई पूर्ण रूपमा चार्ज गर्नु हुँदैन् अर्थात १०० प्रतिशतसम्म चार्ज नगरेको राम्रो हुन्छ । यसले ब्याट्रीको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

यस्तो अवस्थामा सामसङले आफ्ना प्रयोगकर्ताहरूलाई प्रोटेक्ट ब्याट्री सेटिङको विकल्प दिन्छ । तपाईंले यो सेटिङ अन गर्नुभयो भने, ब्याट्री ८५ प्रतिशतसम्म चार्ज भएपछि चार्जिङ स्वतः बन्द हुन्छ ।

प्रयोगमा नभएको बेला एपहरूलाई स्लीप मोडमा राख्नुहोस्

धेरै पटक स्मार्टफोन प्रयोगकर्ताले कतिपय एप प्रयोग नगरे पनि ब्याकग्राउन्डमा चल्ने भएकाले फोनको ब्याट्री खपत हुन थाल्छ ।

यस्तो अवस्थामा सामसङले आफ्ना प्रयोगकर्ताहरूलाई प्रयोग नगरिएका एपहरूलाई स्लीप सेटिङमा राख्ने सुविधा उपलब्ध गराएको छ । यो सेटिङ सक्रिय हुँदा, यी एपहरू प्रयोगमा नभएको बेला स्लीप मोडमा जान्छन् ।

फास्ट चार्जिङ असक्षम पार्नुहोस् 

फोनमा फास्ट चार्जिङ अन गर्दा फोनको ब्याट्री जीवन कम हुन्छ । फास्ट चार्ज गर्दा फोन छिट्टै तात्न थाल्छ ।

यद्यपी, धेरै पटक प्रयोगकर्ताले सकेसम्म चाँडो फोन चार्ज गर्न आवश्यक छ । तर अतिआवश्यक भएको समय बाहेक तपाईंले ब्याट्रीको आयु बढाउन आफ्नो फोनमा फास्ट चार्जिङ सेटिङ बन्द गर्न सक्नुहुन्छ ।