कीवर्डहरू -

सार्वजनिक स्थानमा फोन चार्ज गर्नुहुुन्छ ? स्क्यामबाट जोगिन यी कुरामा ध्यान दिनुहोस्

सार्वजनिक स्थानमा फोन चार्ज गर्नुहुुन्छ ? स्क्यामबाट जोगिन यी कुरामा ध्यान दिनुहोस्

सार्वजनिक स्थानमा चार्जिङ पोर्ट सुविधा देखेपछि तुरुन्तै फोन चार्ज गर्न हतार गर्ने स्मार्टफोन प्रयोगकर्ताहरूमध्ये के तपाईं पनि एक हुनुहुन्छ ?  

मेट्रो, एयरपोर्ट, क्याफे, बस स्ट्यान्ड, होटलमा रहेको चार्जिङ पोर्टबाट फोन चार्ज गर्दा ठूलो समस्या पर्न सक्छ । तपाईंले आफ्नो फोन सार्वजनिक ठाउँमा चार्जमा राख्नुहुन्छ र केही सेकेन्डमा तपाईंको सबै डाटा स्क्यामरकोमा जान सक्छ ।

यूएसबी चार्जर वा जुस ज्याकिङ स्क्याममा, स्क्यामरहरूले सार्वजनिक स्थानहरूमा उपस्थित मोबाइल चार्जिङ पोर्टहरू मार्फत स्मार्टफोन प्रयोगकर्ताहरूलाई लक्षित गर्छन् ।

स्क्यामरहरूले सार्वजनिक स्थानमा रहेको चार्जिङ पोर्टलाई संक्रमित गर्छन् । स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोन चार्ज गर्नका लागि यस्तो चार्जिङ पोर्टमा प्लग गर्ने बित्तिकै फोनमा रहेको सबै डाटा चोरी हुन्छ ।

यस्तो पोर्टमा फोन चार्ज गर्दा डिभाइसमा मालवेयर छिर्न सक्ने बताइएको छ । त्यसपछि यो मालवेयर एपको रूपमा तपाईंको फोनमा आउन सक्छ र जसको सहयोगबाट स्क्यामरले फोनको पूर्ण नियन्त्रण प्राप्त गर्न सक्छ ।

जोगिने कसरी ? 

  • यूएसबी चार्जर घोटालाबाट बच्नका लागि, पहिलो उपाय भनेको स्मार्टफोन प्रयोगकर्ताहरूले आफ्नो फोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्छ । यदि तपाईं लामो समयको लागि घर बाहिर जाँदै हुनुहुन्छ भने, फोनलाई फुल चार्ज गर्नुहोस् ।
  • सार्वजनिक स्थानमा रहेको कुनै पनि चार्जिङ पोर्ट प्रयोग नगर्नुहोस् । 
  • फोन चार्ज गर्न विद्युतीय वाल आउटलेट प्रयोग गर्नुहोस् ।
  • घरबाट बाहिर निस्कँदा सधैं पावर बैंक साथमा राख्नुहोस् ।
  • आफ्नो व्यक्तिगत केबल प्रयोग गर्नुहोस।
  • फोनलाई लक गरी राख्नुहोस् र अज्ञात डिभाइस कनेक्ट हुने अप्सनलाई अफ गर्नुहोस् । 
  • आवश्यक परेमा सार्वजनिक स्थानमा स्वीच अफ गरेपछि मात्र फोन चार्ज गर्नुहोस् ।